सल्यानमा फेरि अर्को गाडी दुर्घटना, एकैघरका अंकल भतिजीको मृत्युु

डेली न्युजराप्ती       १५ आश्विन २०७९ ११:३० मा प्रकाशित     328 No Comments


सल्यान। सल्यानको जिमालीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्युु भएको छ । आज बिहान कुमाख गाउँपालिका वडा नं.७ जिमाली पातिहाल्न चिसापानीमा भएको रा १ ज ५९८ नम्बरको जीप दुर्घटनामा परि २ जनाको मृत्युु भएको हो ।

मृत्युु हुनेमा सोही वडाको डुमकोट निवासी अन्दाजी ३९ बर्षिय मान वहादुर पुन र १४ बर्षिया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बताए । उनिहरु एउटै घरका अंकल भतिजी रहेको खुलेको छ ।
दुर्घटनामा परि दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको छ ।
घटनास्थलमा प्रहरी चौकी चोरपानी र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी टोली पुगेको छ ।

गाडी खैराबाङ दर्शनका लागि रिजर्भमा आउन लागेको बुझिएको छ । जीप उकालोमा ब्याक गर्ने क्रममा पल्टिएर सडकभन्दा १०० मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार