पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध नेकपा दाङद्वारा बिरोध प्रदर्शन

डेली न्युजराप्ती       २५ कार्तिक २०७८ १७:१४ मा प्रकाशित     493 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले पेट्रोलियम पदार्थमा सरकारले गरेको चरम मुल्यबृद्धी विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।
दाङको तुलसीपुरमा भएको बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा दाङका कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगरपालिका इन्चार्ज बिकाशले जनताको जीवनसंग प्रत्यक्ष जोडिएका अत्यावश्यक पेट्रोलियम तथा खाद्यबस्तुमा नेपाल सरकारले निरन्तर मुल्यबृद्धी गर्नुले जनता कंगाल हुने स्थिति सिर्जना भएको प्रती आक्रोश व्यक्त गर्नुभयो। उहाले पेट्रोल,डिजेल,मट्टीतेलमा प्रतिलिटर ३ रुपैया,आन्तरिक तथा वाह्य हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैया र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाका दरले गरिएको मुल्यबृद्धीले जनता चरम संकटमा परेको बताउनुभयो। नेता बिकाशले जनतामाथी गरिने दोहनलाई टुलुटुलु हेरेर आफ्नो पार्टी नबस्ने चेतावनी दिनुभयो। नगर इन्चार्ज बिकाशले सम्पुर्ण मुल्यबृद्धी खारेज नहुदासम्म आफ्नो पार्टीले संघर्ष जारी राख्ने उद्घोष गर्नुभयो साथै मुल्यबृद्धीका विरुद्ध पार्टीले कार्तिक २५ गतेदेखी चरणबद्ध आन्दोलन कार्यक्रमहरु सार्वजनिक गरेकोमा आन्दोलनमा ऐक्यबद्धता र सहभागीताका लागि अपिल समेत गर्नुभयो।

बिरोध प्रदर्शनमालाई सम्बोधन गर्दै अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य एवम दाङ जिल्लाका अध्यक्ष अमरले जनता लुट्ने लुटेरा शासकहरुका विरुद्ध संगठन निरन्तर संघर्षमा होमिने उद्घोष गर्नुभयो।उहाले बिभिन्न वाहानामा दैनिकजसो गरिने मुल्यबृद्धीले गरिखाने बर्गलाई एक छाक टार्न मुस्किल परिरहेको भन्दै मुल्यबृद्धी फिर्ता नगरिए सडकबाटै आन्दोलनको आधिबेरी सिर्जना गर्ने चेतावनी दिनुभयो।उहाले भन्नुभयो,”हामी जनताका विरुद्ध हुने जुनसुकै हर्कतका विरुद्ध शिरमा कफन बाधेर हिडेका छौँ,बरु सडकमै मृत्यु स्वीकार गर्छौं तर सत्य बोल्छौ”।

बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै एक अर्का वक्ता अखिल नेपाल किसान महासंघ क्रान्तिकारी दाङका संयोजक पोषणले राज्यसत्ता लुटेराहरुको हातमा रहदासम्म श्रमिक जनताहरुले महंगीको मारमा साससम्म फेर्न नपाउने बताउनुभयो।उहाले जनताले मुठ्ठीभर दलाल पुजिपतीको हातबाट सत्ता कब्जा गरेर मात्रै मुक्ती पाउने बिचार व्यक्त गर्नुभयो। उहाले भन्नुभयो,”यो सत्ताको उपहार नै महंगी,कालोबजारी,भ्रस्टाचार,बेथिति,बिसंगती हो”। नेता पोषणले यसबाट मुक्ती चाहाने हो भने राज्यसत्ता बदल्नेमा जुट्नुपर्ने धारणा राख्नुभयो।
मुल्यबृद्धी विरुद्धको बिरोध प्रदर्शन कार्यक्रमको संचालन नेकपा दाङका सदस्य एवम तुलसीपुर उपमहानगरपालिका-५ का इन्चार्ज इश्वरीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार