नेकपा दाङले भन्यो ‘राज्यले जनतामाथी थोपर्ने अन्यायपूर्ण युद्धको सशक्त प्रतिरोध गर्छौं’

डेली न्युजराप्ती       २६ श्रावण २०७९ २०:०० मा प्रकाशित     518 No Comments


नेकपा दाङको दसौं बिशेष पुर्ण बैठक सम्पन्न,पक्राउ पुर्जी खारेज नगरे प्रतिरोध गर्ने चेतावनी

साउन २६,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङको दसौं बिशेष पुर्ण बैठक सम्पन्न भएको छ।
नेकपा दाङ जिल्ला सम्मेलन आयोजक कमिटीको बिशेष पुर्ण बैठक आज बिहिवार घोराहीमा सम्पन्न भएको हो।

नेकपा दाङको बिशेष बैठकले पार्टीका महासचिव विप्लवसहित २५ नेता-कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरि तीन बुदे सहमती अक्षरंस पालना गर्न आग्रह गरेको छ। तिन बुदे सहमती उल्लंघन गरि राज्यले देशमा अन्यायपुर्ण युद्ध थोपर्न खोजे त्यसको सशक्त प्रतिरोध गर्ने बैठकले निर्णय गरेको छ।

यस्तै बैठकले जिल्लाका सबै वडाहरु भेला/सम्मेलन गर्ने,पालिका सम्मेलन सम्पन्न गर्ने,जिल्ला सम्मेलन गर्ने,अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजनामा तिजको सन्दर्भमा अन्तर्क्रीया कार्यक्रम गर्ने,भ्रष्टाचार,महंगी,सामाजिक बिभेद,सबैखाले बिकृती बिसंगती विरुद्ध कडा संघर्ष गर्ने निर्णय समेत गरेको छ।

बिशेष बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज शितलले तीन बुदे सहमती उल्लंघन गर्दै राज्यले आफ्नो पार्टीका महासचिव सहितका नेताहरु विरुद्ध जारी गरिएको पक्राउ पुर्जीले देशमा युद्ध थोपर्न खोजेको बताए।
नेता शितलले भने– ‘राज्यले पक्राउ पुर्जी जारी गरेर हामिलाइ आत्मसमर्पण गराउन चाहान्छ तर हामी वर्गप्रती गद्दारी गर्दैनौं। हामी राज्यले जनतामाथी थोपर्ने अन्यायपूर्ण युद्धको सशक्त प्रतिरोध गर्छौं।’
ललितपुर जिल्ला अदालतद्वारा नेताहरुमाथी जारी गरिएको पक्राउ पुर्जी प्रचण्ड-देउवा गठबन्धन सरकारको मिलेमतो र अमेरिकी साम्राज्यवादको ठाडो निर्देशनमा आएको नेता शितलको जिकिर थियो।

नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य,नेकपा बिशेष कमिटी सदस्य बिक्रम,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कर्णाली प्रदेशका इन्चार्ज संजय,राष्ट्रिय बामपंथी मोर्चा नेपालका केन्द्रीय सदस्य मंगल चौधरीको बिशेष आतिथ्यमा बैठक सम्पन्न भएको थियो।

दसौं विशेष पुर्ण बैठकको अध्यक्षता तथा संचालन नेकपा दाङका सेक्रेटरी प्रदिपले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार