जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको वैठक तथा प्रशिक्षण सम्पन्न

डेली न्युजराप्ती       १९ श्रावण २०७८ १६:०१ मा प्रकाशित     822 No Comments


हेमन्त वली श्रावन-१९,दाङ।
जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको वैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ।

वैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै वैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतीले पत्रकारको कलम दलाल,भ्रस्टाचार,माफिया,जनबिरोधी भ्रष्ट शासकहरुको विरुद्ध चल्यो भने पत्रकार “वान म्यान आर्मी” भएको बताए। उनले जनपत्रकार संगठन श्रमजीवी बर्गका जनताको पक्षमा कलम चलाउने पत्रकारहरुको साझा संगठन भएको जिकिर गरे।
केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहेका नेता कृतिले राज्यले यो देशमा युद्ध चाहिरहेको जसको पुष्टि आफुहरुमाथी लादिएको प्रतिबन्ध भएको बताए। वर्गीय समाजमा पत्रकारिता पनि बर्गपक्षधरतामा हुने भन्दै केही पत्रकारहरुले पत्रकारिता स्वतन्त्र भनेर हल्ला फिजेपनी उनिहरु आफ्नो मिसनमै पत्रकारिता गरिरहेको नेता कृतिले जिकिर गरे।

कार्यक्रममा मन्तव्य राख्दै जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक शेर बहादुर बिश्वकर्मा(दर्शन)ले जनपत्रकारिता जागिर नभएको उद्घोस गरे।उनले नेपालमा संसदीय व्यवस्था असान्दर्भिक र असफल भइसकेको पनि बताए।संगठनका संयोजक समेत रहेका दर्शनले कलमको मोर्चाबाट असफल संसदीय व्यवस्थाको बिकल्पमा जनतालाइ बैज्ञानिक समाजवादको अपरिहार्यता बुझाउन सक्नु नै अहिले जनपत्रकारहरुको दायित्व रहेको बताए।

कार्यक्रममा मन्तव्य राख्दै अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य बिरेन्द्रले बादसाह ढाल्ने तागत पत्रकारहरुको कलममा रहेको बताए।उनले बिज्ञान प्रबिधिको युगमा पत्रकार अग्रभागिय मोर्चाको रुपमा स्थापित हुनुपर्ने धारणा राखे।

यस्तै कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सुदर्शनले सत्ताका खराबीका विरुद्ध लेख्दा पत्रकारहरुलाइ निस्तेज,दमन हुने बताए।उनले अनैतिक,देशको अहितमा सुचना चुहावट गरेर अकुत पैसा कुम्ल्याउने पत्रकारिता गर्न नहुने धारणा राखे।उनले भने,”श्रमजीवी बर्गको पक्षधर भएर कलम चलाउ तर अनैतिक,लोभलालचमा पत्रकारिता नगरौं”।
कार्यक्रममा मन्तव्य राख्दै अर्का वक्ता अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य खोमा तरामु मगर ले जनपत्रकारहरुको तत्कालीन कार्यक्रम प्रतिक्रियावादी सत्ताको भण्डाफोर गर्ने,क्रान्तिकारी पार्टीको निति,योजनाको कार्यान्वयनमा पहलकदमी लिने हुनुपर्ने बताए।उनले सत्य लेख्दा हजारौ अप्ठ्याराहरु हुने तर सत्यका पक्षमा एक्लै पनि उभिन तयार हुनुपर्ने बताए।
कार्यक्रममा अनुभुतीमुलक मन्तव्य संगठन कि केन्द्रीय सदस्य दाणा केसिले राखेकी थिइन।

वैठक तथा प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला संयोजक/अध्यक्षले जिल्लामा संगठनको कामकाज,समस्या,चुनौती,भावी योजनाका बिसयमा रिपोर्ट प्रस्तुत गरेका थिए।
वैठकले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला भेला/सम्मेलनहरु भाद्र १५ सम्म गरिसक्ने,लुम्बिनी प्रदेश समन्वय समितिको सम्मेलन भाद्र २९ र ३०गते दाङमा गर्ने,जिल्लामा पत्रकारिता तालिमको आयोजना गर्ने,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा एकल तथा सामुहिक संघर्ष गर्ने,पत्रकार महासंघमा भएका भ्रस्टाचार,बेथिती,बिसंगतिका विरुद्ध संघर्ष गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ।
वैठकले दिपेशको संयोजकत्वमा १५ सदस्यीय लुम्बिनी प्रदेश समन्वय समिती सम्मेलन आयोजक समिती गठन गरेको छ।
जनपत्रकार संगठन लुम्बिनी प्रदेश समन्वय समिती संयोजक दिपेशको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतीको प्रमुख आतिथ्य थियो भने संगठनका केन्द्रिय संयोजक शेर बहादुर बिश्वकर्मा(दर्शन),अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य खोमा तरामु मगर,अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य बिरेन्द्र बिक,संगठनका केन्द्रीय सदस्य दाणा केसि र सुदर्शनको आतिथ्य रहेको थियो।
वैठक तथा प्रशिक्षण कार्यक्रमको सहजीकरण जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य अनिल नेपालीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार