MCC पास गराउन भुमिका खेलेको भन्दै नेकपा चितवनद्वारा उम्मेदवार श्रेष्ठको गाडी तोडफोड

डेली न्युजराप्ती       ३० कार्तिक २०७९ १३:३२ मा प्रकाशित     274 No Comments

कार्तिक ३० , दाङ । नेपाल कम्युनिस्ट पार्टी चितवनका कार्यकर्ताहरुले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी भरतपुरमा तोडफोड गरेका छन ।
चितवन क्षेत्र नं. २ बाट नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको हो । बा ३ च २०५० नम्बरको प्राडो कारमा नेकपाका कार्यकर्ताले आज बिहान ११ बजेतिर तोडफोड गरेको जनाइएको छ ।

राष्ट्रघाती MCC पास गर्न भूमिका खेलेकोमा साङ्केतिक कारवाही गरिएकाे हाे र यसलाई लागू गर्न सक्रिय भएमा थप कार्वाही गरिने नेकपा चितवनले जनाएको छ ।

श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला नेकपा चितवनका कार्यकर्ताले गाडी सिसा फुटाएर सांकेतिक कारवाही गरेका थिए ।

नेकपाले मंसिर ४ को संसदीय निर्वाचन खारेज गर्ने निर्णय गरेको छ भने निर्वाचन खारेजीका लागि देशव्यापी वालिङ , पोस्टरिङ , भण्डाफोर सभा , कोणसभा ,घरदैलो अभियानहरु संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार