अबको स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव अखिल(क्रान्तिकारी)ले जित्नुपर्छ : नेता मिलन

डेली न्युजराप्ती       २० पुष २०७९ २१:१० मा प्रकाशित     608 No Comments

पौष २० , काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य चिरण पुन (मिलन)ले अब हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन अखिल(क्रान्तिकारी) ले जित्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

आज काठमाडौं स्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा अखिल(क्रान्तिकारी) बागमती प्रदेशद्वारा आयोजित स्व.वि.यु. निर्वाचण -२०७९ बिशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता मिलनले अब हुन लागेको स्ववियुको निर्वाचन अखिल(क्रान्तिकारी)ले जित्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

बिशेष प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेता मिलनले लाखौं बामपंथी , प्रगतिशील एवम जनतान्त्रिक बिद्यार्थीहरुको साझा संगठन अखिल(क्रान्तिकारी)ले चुनाव जित्नुपर्ने बताउदै भन्नुभयो – ‘यो बिद्यार्थीको चुनाव मात्रै होइन , यो बुर्जुवा शिक्षा पद्धतिको कारणले लाखौं बिद्यार्थीहरुले भोग्नुपरेको सास्ती हल गर्ने विषय पनि जोडिएको छ । यो दलाल पुजीवादी संसदीय व्यवस्था र यसको शिक्षा प्रणालीले गर्दा लाखौं बिद्यार्थीहरु आत्महत्या गर्न बिबस छन तसर्थ यो बदल्ने हो । यसका लागि क्रान्तिकारीले स्ववियु जित्नुपर्छ ।’

एक फरक प्रसंगमा बोल्दै नेता मिलनले संसदीय सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता भएको जिकिर गर्नुभएको थियो । संसदीय व्यवस्था असफल सिद्ध भइसक्यो , उहाँले थप्नुभयो ‘सत्तामा साम्राज्यवाद हावी छ । गगन भन्दा बढी रविबाट काम हुने भएकाले साम्राज्यवादले रविलाइ सत्तामा पुर्याएको छ । हामिले साम्राज्यवादको चालबाजी बुझेका छौँ ,कुनैपनी हालतमा हामी यो देशलाइ अमेरिकी साम्राज्यवादको उपनिबेश हुन दिदैनौ । हामी यो देशको प्रतिक्रियावादी सत्ता र साम्राज्यवादको विरुद्धमा निर्मम ढंगले लड्छौ तर झुक्नेछैनौं ।

नेता मिलनले अब नयाँ ढंगले आफ्नो पार्टीले दलाल पुजीवादी सत्ताको विरुद्ध आन्दोलन गर्ने समेत स्पष्ट पार्नुभएको थियो ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन बिश्वबिद्धालयका इन्चार्ज अनिल सीको स्वागत मन्तव्यबाट सुरु भएको बिशेष प्रशिक्षण कार्यक्रममा नेकपाका पोलिट्ब्युरो सदस्य एवम अखिल(क्रान्तिकारी)का फ्र्याक्सन इन्चार्ज चिरन पुन (मिलन)को प्रमुख आतिथ्य रहेको थियो भने अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सी र केन्द्रीय महासचिव ललित सीको आतिथ्य रहेको थियो ।

अनेरास्ववियु(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा क्याम्पस जिल्ला इन्चार्ज प्रकाश सीले संचालन गरेको बिशेष प्रशिक्षण कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार