लुटिएका सपनामा ऊर्जा भर्ने समय : सविन सी

डेली न्युजराप्ती       ३० पुष २०७९ १२:२४ मा प्रकाशित     202 No Comments

विभिन्न सपना र आकाङ्क्षाको भारी वोकेर कुदिरहेको आजको पुस्ता ,आफ्नो गन्तव्य निर्क्योल गर्नमै समय खर्चिरहेको देखिन्छ । परिवर्तनको सपना बाड्ने र तीनै सपना बेची खाने राजनीतिक अगुवासंगै सपनाकै मलामी जान अभिशप्त वन्नु आजका पुस्ताको नियति जस्तो वन्न गएको छ।
मौज्दात सत्ताप्रती असन्तुष्टि ,वितृष्णा ,आक्रोश र घृणाका स्वरहरु विभिन्न रूपमा प्रकट भएर चिया चौतारी सार्वजनिक स्थल र सामाजिक सन्जालका भित्ता हुँदै व्यालेट बक्स सम्म पुग्दा पनि परिवर्तनको सपना सार्थक बनाउने अर्को नयाँ सपना र उर्जाको खोजी भैरहेको छ ।
आक्रोश र निराशाको लहरले परिवर्तनको संकेत बोकेपनि यस्ता विभिन्न उपक्रम दोहरिरहने तर राजनीतिक निकासमा खास योगदान नपुग्ने पट्यार लाग्दो मनोविज्ञानमा आजको समाज रुमलिएको जस्तो छ ।

जीवन्त सपनाको खोजी
पङ्तिकार संसदीय चुनाव खारेज गर्ने एजेन्डा वोकेर सल्यान रुकुमका विभिन्न बस्तीमा पुगेर नागरिक अन्तर्कृयामा सहभागी बनेर नागरिकका अभिमत सुन्दा, मानिसहरू नेपालका कुनैपनी राजनीतिक पार्टी, तिनका उम्मेदवार,तीनले वाड्ने आश्वासन , पात्र,पार्टी सबैप्रती घृणा मात्र गरिरहेका छन् । यहाँसम्मकी हामिले देखाइरहेको वैज्ञानिक समाजवादको सपनामा समेत पनि निशिन्त्ता र जीवन्तता खोजिरहेको यथार्थ कतै छिपेको देखिएन । क्रान्ति परिवर्तन र समाजवादको कुरा गर्दा ध्यानपुर्वकरा सुनेर ठिक हो भन्ने,तर नयाँ यात्रामा हिड्न आनाकानी गर्ने निर्वाहमुखी रोगले जनता देखि सामाजिक अगुवा सम्मलाइ पनि सताइरहेको देखिन्छ। अन्तरकृयामा भागलिएका सल्यान त्रीबेणीका ,८० वर्षीय जेष्ठ नागरिक रेशम बोहराले भोट हाल्दा हाल्दा औठा खिइए पनि अहिलेसम्म खुसीको अनुभुति गर्न नपाएरै जुनि सकियो भन्दै गर्दा, इतिहासको अमिट शिक्षालाई सहभागिहरुले मुन्टो हल्लाएर हो हो भनिरहेका थिए ।सल्यानको काप्रामा सहभागी एक २२ वर्षीय नौजवानले भर्खरै जन्माएको वच्चाको सुन्दर भविष्यको सपना बोकेर खाडी जान ,पासपोर्ट गोजीमा राखेर अन्तरक्रियामा आफ्नो अभिमत प्रकट गर्दा सहभागी सवैमा स्तब्धता छाएको छ।दुधे वालक ,श्रीमती ,वृद्ध बाआमा छोडेर जानुको पिडामा उनका अँखा रसाइरहेका छन् ।यो चुनावप्रति उनको आशा, विश्वास, भरोसा केही पनि छैन ।वरु आक्रोश, घृणा, असन्तोष, निराशा र रोष मात्रै छ।उम्मेदवारहरुले विकास र रोजगारीको एनेस्थेसियामा लठ्याएर भोट क्यापचर गर्ने अभियान चलाए पनि उनी लठ्ठीने संकेत देखिएको छैन ।वरु शाशकहरुलाइ गाली गर्दै चिलगारीमा चढ्ने दिन नजिकै आइपुगेकोले झोलाझिम्टी कस्न हतार भैसकेको छ।देशमै रोजगारी पाउन नसक्नुको पीडा उनको अन्तरमनमा छ्चल्किए पनि आफ्नो निराशा , असन्तुष्टि र आक्रोश लाई राजनीतिक विद्रोहमा लामबद्द वनाउन पारिवारिक व्यवस्थापन ,शिक्षादीक्षा ,वृद्ध
बाआमाको पालनपोषण तगारो वनेर तेर्सिए पछिको आफ्नो वाध्यता, उनले दोहर्याइ दोहर्याइ भनिरहेका छन् ।कृषि ,लघु उद्योग को संभावना नभएको त होइन तर हातमा ठेला बसायर काम गर्नपनि उत्पादनशील जमिनै नभए पछि र व्यवासाय गर्ने पुजिको जोहोनै नभएपछि, कृषि अनि लघुउद्दोगको कुरा उपदेशकारीका उपकार मै सिमित जस्ता छन् ।गत वर्ष उत्पादित अदुवा, मुल्य र वजारको अभावमा खेर गएको पछुतोले उनको मन भतभती पोलेको पोल्यै छ।बारिमा लटरम्म फलेका सुन्तला ठेकेदारले ३० रुपैयाँ किलोमा लुट्न खोज्दा वरु वारीमै पतपत खसुन भन्ने उनलाई जाती लागेको छ।
अभियान चलाउदै जादा एक जना कमर्सियल वैकका जागिरे युवाको घरमा पुगिएछ ।एमविए सक्दै गरेका ऊनी पहिले देखिनै मावोवादी आन्दोलन वाट प्रशिक्षित रहेछन् ।डोकोवुन्ने सीप पनि सिकेका उनी चुनावी विदामा घर आएको मौकामा आज विहानै देखि डोकोवुन्ने योजनामा तल्लीन छ्न।निकालो ल्याइ पुर्याएका छन ।अब चोया कार्दै गफिन सुरु भएको छ।उनको अभिव्यक्त भावनामा राजनीतिक दल र तीनका नेतामा आएको चरम विचलन, स्खलन र पतनले निम्त्याएको विकृतिले देखिएको कुरुप तस्वीरले समग्र राजनीतिप्रति नै अविश्वास ,घृणा वितृष्णा र विक्षिप्तता मात्र छचल्किएको छ। राजनिज्ञले सिद्धान्त लाई गफ गर्ने साधनमा सिमित पारेपछिको पीडा खेपी नसक्नु छ।
तथापि, यसपटकको जनभेटघाटले पटक–पटक आन्दोलन र क्रान्तिको अनुभव गरेका नेपाली समाजको मनोसामाजिक अवस्था र अर्थराजनितिक संकटले विश्वासिलो निकास खोजिरहेको ,जनभावनाको पुनर्ताजगी गर्ने अवसर मिलेकोछ। गहिरो जनप्रशिक्षण प्राप्त भएको छ।समाजको अवस्था र मनोबिज्ञान पढ्दा मानिसहरु वहुसंकट्को जालोमा फस्दै गएपछि, बहुरुपि वहसमा तानिएका छन् ।
पहिलो-समाजले हर सैद्धान्तिक अवधारणाको, व्यावहारिकता पुष्टि खोजेको छ ।यस्तो पुष्ट्याइ समाजवादी अभियन्ताहरुको फौजले मात्र गर्न सक्ने देखिन्छ । दोस्रो-समाजवादी बाटोमा हिँडाउन सक्ने किसिमको बौद्धिक बहस र चिन्तन प्रणालीको विकासले मात्र समाजवादको यात्रा सहज देखिन्छ । तेस्रो-उत्पादनमा वृद्धि ,रोजगारी र आत्मनिर्भर अभियानमा नजोडिएर क्रान्ती र समाजवादको आदर्शिकरणले मात्र अहिलेकै अवस्थामा राजनीतिप्रतिको आकर्षणमा वृद्धि हुने देखिदैन ।चौथो- समाजवादीहरू समयअनुकूल आम मान्छेका आवश्यकताहरूसँग आफ्ना राजनीतिक कार्यसूचीलाई एकाकार गर्न नसकेका कारण कमजोर भएका हुन् या पुजिवादले समाजवादीहरूलाई किनारा लगाएर होला?यो वहस र मनोविज्ञान पनि समाजमा जवर्जस्त छ।पाँचौं-आजको सकट्को मुलकारण दलाल पुजिवाद भएको तथ्य लाई वाङोटिङो पार्न आइपुगेका विभिन्न लोकपृयतावादी समुहले लगाइरहेको एनेस्थेसियामा लठ्ठिनेहरुको सख्या पनि उल्लेख गर्न लाएक नै छ।छैटौं-समाजवादको जीवित सपना वोकेर पनि गतिशील वन्न नसकेको विशाल मानव सागर समाजवादकै खोजिमा छरपस्ट छ।सातौं-मुद्दामा आधारित राजनीति मौसमी नै हुन्छ  । जस्तो भ्रष्टाचार नियन्त्रण, सुशासन, सस्तो शिक्षा स्वास्थ्य ,आरक्षण जस्ता मुद्दाहरू राजनीतिक शक्ति आर्जनका माध्यम बन्न सक्छन् । त्यो विशुद्ध अभियानको राजनीति हो । अढाई दशकयता विश्वभर नै यस्तो राजनीतिले विशुद्ध विचारको राजनीतिको शौर्य र आकर्षणलाई धेरै हदसम्म खुम्च्याइदिदा को प्रभाव नेपाली समाजमा पनि परेको स्पष्टै वुझ्न सकिन्छ ।आठौं -क्रान्तीवाट परिवर्तनको सपना वोकेर समाजवादी आन्दोलनमा हेलिएको पङ्तिप्रतिको सहानुभूति ,सद्भाव र मायामा कुनै कमि नआएपनी बलियो विस्वास कायम हुन बाकी नै देखिन्छ । नवौं-क्रान्ति ,परिवर्तन र रुपान्तरणको आकाङ्क्षा त राख्ने, तर क्रान्तिमा सहभागी पनि नहुने ,क्रान्तिको लागि कुनै योगदान पनि नदिने,वलिदान त्याग समर्पण अरुकसैले मात्र गरिदिउन र प्रतिफल चाहिँ आफैले हात पारौं भन्ने मनोदशाले ग्रसित स्वार्थी मनोविज्ञान फैलिदो छ।दशौ-समाजमा स्थापित केहि राजनीतिशास्त्री,लेखक बुद्धिजीवी विस्लेषकहरु राजनीतिमा आएको चरम बिचलनप्रती, तिखो आलोचकको रुपमा प्रस्तुत भएपनि, राजनीतिक प्रणालीले निम्त्याएको विकृति लाई नदेखाउने पुजीवादी चिन्तकहरुको सामाजिक प्रभाब घट्दै गएको छ।तथापि ,यी सबै प्रश्न,वहस ,मनोबिज्ञान र सघर्षको घर्षणले नेपाली समाज परिवर्तनको सघारमा उपस्थित छ।
माक्स एगेल्सले सन १८४८मै डिजाइन गरेको आज सम्मकै उत्कृष्ट ,अर्थराजनीतिक व्यवस्था वैज्ञानिक समाजवाद´को स्थापना ,प्रयोग, विकास रक्षा र रुपान्तरण गर्न नसकेकै कारण ,मानिसहरू वहुसकटको जालोमा फस्नु परेको यथार्थ लाई, वैज्ञानिक तथ्य र तर्कले समाजलाई दिक्षित गर्नै पर्दछ । भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले १९४९ मा समाजवाद किन? भन्नेबारेमा बहस गरेका थिए । पुँजीवादले आर्थिक प्रतिस्पर्धाका कारण समाजमा असमानता बढाएको आइन्स्टाइनले बताएका थिए, जुन २१औँ शताब्दीसम्म पनि उस्तै छ । उनका अनुसार समाजवाद सामाजिक विभेदको अन्त्यतर्फ लक्षित हुनुपर्छ ।भौतिक शास्त्री आइन्स्टाइन्ले २०सौ शताव्दिमै अनिवार्य देखिसकेकोवैज्ञानिक समाजवाद ´लाई अहिलेका पुजिवादी चिन्तक र शाषक हरुले ,९० को दशकमा इतिहास बनेको सोभियत समाजवादको नकारात्मक उदाहरण प्रस्तुत गरेर रोक्ने प्रयास गरिरहेका छन् ।
हो,हामीले पढेको समयको समाज को पुरानो कथा भन्दा हाम्रो समयको भोगाइमा निकै अन्तर परिसकेको छ ।तर लुटेरा शासन व्यबस्था लाई नष्ट गर्न समाजवादको वाटो नहिडी सुखै छैन ।
स्थिति कस्तो छ भने ,राजनितीमा देखिएको कस्मेटिक रोगनको विषानुहरुको प्रभाव जनतासम्म पनि उत्तिकै देखिन्छ ।मेडिकल भाषामा भनिने डेलिरियम मनोविज्ञान ले आजका धेरै मानिसको धारणामा बाँस गरेको छ।यथार्थ भन्दा परको मनोविज्ञान सक्रिय हुने अवस्थालाई मनोचिकित्सा शास्त्रमा डेलिरियम भनिदो रहेछ।दलाल पुजिवादले निम्त्याएको सकंट लाई वैज्ञानिक समाजवादले मात्र हल गर्ने ,यथार्थ नबुझेर अरु मनोविज्ञानमा अल्मलिने कुरा डेलिरियम कै समस्या जस्तो हो।यस्तो मनोविज्ञान लाई भविष्यमुखि सपनाले मात्र प्रतिस्थापन गर्न सक्छ ।त्यसैले अब फेरि चर्को स्वरमा भन्नै पर्छ ,वैज्ञानिक समाजवाद नैआजको जीवन्त सपना हो।मानिसहरुको भबिस्य हो।
सत्ता सग सपना बेच्नेहरुले नागरिकहरू लाई आजित बनाउदै लगेको कठिन समयमा भबिस्यमुखी सपनामा केन्द्रित गर्ने काम सजिलो छैन ।तथ्य यो होकि,संन्सार सपना देख्ने र सपना पूरा गर्न हिड्न सक्ने मानिसहरूले मात्र बनाउछ्न ।स्पष्ट छ,सपना सजिलै पूरा हुदैनन् ।अविचलित लड्ने इच्छाशक्ति ,लगाव र पेचिलो सघर्ष वाट मात्र सपना पुरा हुन्छन् ।निर्वाहमुखी सोच र कामले गुजारा त चल्न सक्छ ,तर भविष्य वन्दैन।
नयाँ उर्जाको खोजी
समाजवादको सपनामा जागरुक अभियन्ताहरुको विशाल फौज निर्माण गर्न आजको सामाजिक मनोविज्ञान बुझ्नै पर्दछ ।समाज भन्ने कुनै अलग्गै तत्व हुँदैन ।समाज भन्नुनै व्यक्तिहरुका सम्बन्धहरुको जोड हो।मानिसले आफ्नो वैयत्तिक ,पारिवारिक र सामाजिक खुशी के गर्दा प्राप्त गर्छ?कसरी प्राप्त गर्न सकिन्छ ?मानिस खुसी प्राप्ति गर्न के गरिरहेको छ?यति धेरै प्रयत्न गर्दा पनि किन खुसी प्राप्त हुन सकेको छैन ?
नयाँ राजनीतिक संस्कृतिको जन्म नभई मानिसहरुको निराशा विश्वासमा वदलिदैन।दृढ़ र गतिशील स्वपन्नद्र्ष्टा र अरुलाइ सपना देखाउन सक्ने र देखाउने विचार ,निति कार्यक्रम र एजेन्डा वोकेको राजनैतिक पार्टी र नेतृत्वले मात्र आजको विश्रखल्ङ्कित सामाजिक मनोविज्ञानमा उज्यालो भर्न सक्दछ,खुसी फर्काउन सक्दछ। प्रदुषित नेतृत्व र विचारहिन पार्टीहरु वाट यो सम्भव हुने विषयनै होईन ।मानिसहरुमा व्याप्त निराशा ,असन्तुष्टि र आक्रोशको तहले विचारको रुपधारण नगर्दा सम्म उज्यालो प्रवाह गरिरहेको उर्जा पनि दिगो हुन सक्दैन ।यस्तो उर्जा दिगो वनाउन विचारधारात्मक टर्वाइनले मुख्य भुमिका खेल्ने भएपनि ,दैनिक जीवनमा भोग गरिरहनु पर्ने समस्या गासवास ,कपास ,शिक्षा, स्वास्थ्य सन्चार र मनोरञ्जनमा समेत पनि उज्यालो भर्ने टर्वाइन खोल्नै पर्दछ।यस्ता टर्वाइन हरुको एकीकृत उर्जागृह ´दर्शन, राजनीति, उत्पादन,सस्कृति सवैतिर नविनतम खोज गरिरहेको समाज विज्ञानको नेपाली शंस्लेषन एकीकृत जनक्रान्ती नै हुनसक्छ । भौतिक शास्त्रीहरु आइन्स्टाइन र म्याक्सप्लङ्ले बुझेको ब्रह्माण्ड को स्थुल र सुक्ष्म जगतका गतिका नियमहरु एक आपसमाअन्तरबिरोध देखिए पछि ,कारण खोज्दै जादा फेरि अर्का भौतिकशास्त्री हकिङ्ले बुझे -अर्को कुनै नियम हुनुपर्छ ,।त्यसलाई सम्बोधन गर्न उनलेथ्योरी अफ एभ्रिथिङ´ ल्याए।इलेक्ट्रो – म्याग्नेटिक वेभ्समा आधारित क्वान्टम थ्यौरी र जनरल रिलेटिभिटी तथा थ्यौरी अफ ग्राभिटेसनबाट क्वान्टम ग्राभिटी भन्ने शब्द र अवधारणा ल्याए।यस्को विभिन्न प्रयोग र परिक्षण जारी नै छ।ठुलठुला आविस्कारहरु अबधारणाको रुपमा जन्मिन्छ्न ,पछि थुप्रै अनुसन्धान गर्दै गएपछि वल्ल त्यो सिद्धान्तमा परिणत हुन्छ ।आजपनि स्थुल ब्रह्माण्ड र सुक्ष्म जगतको विकासका नियमहरुको निरन्तर अनुसन्धान र शस्लेषनको क्रम चलिरहेकै छ्न।
यता समाजविज्ञानको क्षेत्रमा पनि ,सामाज विज्ञानका वैज्ञानिकहरुले आफ्नो समयको समाजको विश्लेषण ,अन्तरबिरोध हल गर्ने नियमहरुको शस्लेषण प्रयोग र परिक्षण गरे ।अनि कयौं विषयमा भविष्यको प्रक्षेपण गरे ,जुन आजको सामाजको बिकासको गति बुझ्ने र सामाजिक अन्तरविरोध हल गर्न अपुग भैसकेका छ्न।यो आजको तथ्य हो।यो तथ्य भन्दा अनेत्रै घुमेर गरिने गनथनले विकसित समाजको गतिशील्ता बुझ्न र अन्तरविरोध हल गर्ने ल्याकत राख्नै सक्दैन ।
विद्यमान समाजका सुक्ष्म र स्थुल अन्तरविरोधको गहिरो अनुसन्धान पछि यी अन्तरविरोध लाई हल गर्न,नेपाल वाट बिप्लब कमरेडको नेतृत्वमा शस्लेषण गरिएको समाजविज्ञानको नयाँ खोजएकीकृत जनक्रान्ती ´हो।यो २१ औं शताब्दीका महानतम वैज्ञानिक हकिङ्ले शस्लेसन गरेको थ्याेरी अफ एभ्रिथिङ् (विश्व -ब्रह्माण्डको पदार्थको गतिको नियमलाइ समग्रतामा व्याख्या गर्न सक्ने नियम )को तथ्यगत नियममा टेकेर विकसित गरिएको समाजविज्ञानको नयाँ शस्लेषण हो।गतिशील समाजको बहुआयामिक शस्लेषण पनि हो ।हो,ज्ञान र विज्ञानको खोजी अनन्त हुन्छ ।यो कहिल्यै पनि टुङिदैन। विश्व ब्रह्माण्ड लाई रहस्यमय वस्तु बनाएर यस्का जटिल नियम पत्तालगाउन तगारो हाल्ने इस्वरवादी हरुलाइ झुट सावित गर्दै विश्व ब्रह्माण्डको अथाह गति पनि बुझ्न सकिने प्रेरणा भौतिक शास्त्रीहरुले दिइरहेका छ्न ।के समाजशात्री ,मानवशास्त्री र राजनितिज्ञहरुले आजको सामाजिक ,आर्थिक गति र अन्तरविरोध हल गर्ने नयाँ नियम निर्माण गर्न र प्रयोग गर्न सक्दैनौं ?मानिसहरूले बेहोरिरहेको दु:ख बाट मुक्त गर्न सक्दैनौं ?अब केही गरे पनि हुँदैन भनेर आलसतालस गरिरहेका मानिसहरुलाइ मेहनत बाट सम्भब छ भन्ने उर्जा भर्ना सक्दैनौं ?निस्संदेह सक्छौ ,सक्नुपर्छ ।एकीकृत जनक्रान्तिले त्यो प्रयत्न गरिरहेको छ। अन्तमा, माथिदेखी तलसम्म वनमाराको झारजस्तै मौलाएको चरम भ्रष्ट र दोहनकारी दलाल पुजिवादल लाई फैलाउने खेलमा मौजुदा संसदीय राजनीतिक प्रणाली सन्चालन गर्ने नेतृत्व मंडलीहरु बीच चर्को प्रतिस्पर्धा छ।यस्तो प्रणाली र नेतृत्व मन्ड्लीले आज नेपालीहरुलाइ निराशा वाडिरहेको छ ।पद प्राप्तिको लागि जस्तोसुकै अनुचित सम्झौता पनि गर्न तयार हुने संससदीय रत्तेउलिले नागरिहरुमा खुसी जन्मिने कुरै भएन ।, अब नयाँ राजनीतिक सस्कृति,आचरण र तथ्यहरुले मात्र मानिसहरुका भावना ,धारणा ,विचार र स्वत्तोमा समेत क्रान्तिकारी खुसीको उत्साह भरिनेछ । निराशा र असन्तुष्टि क्रान्तिकारी विश्वासमा रुपान्तरित हुँदै जादा ,मौजुदा सङ्कट हल गर्ने इन्धनमा बदलिने छन् । त्यसैले ,यो समय पुजिवादीहरुले बाडेका दुख पिडा खेपेर बिलौन गर्दै दिन कटाउने समय हुँदै होइन।,क्रान्तिका नक्कली गीत गाएर, एकीकृत जनक्रान्तीका विरुद्ध ,लामा लामा निबन्ध लेख्दै ,चर्चका पास्चरले जस्तो प्रवचन भट्याउदै कुत उठाएर ठग्ने समयपनी यो होइन । राजनीतिक सिद्धान्त ,एजेन्डा र आफैले तय गरेका सवै नाराहरुको समेत दाह संस्कार गरिसकेर पनि, गुम्न थालेको आफ्नो वैभवको स्वर्ग वचाउन ,फेरि उनै नारा भट्याउदै जस्तोकी लोकतन्त्र , कम्युनिस्ट र समाजवादको अस्तु बोकेर कासी हिड्ने तयारी गर्दै , सरकारी हड्डी चुस्दै बस्ने काग्रेस,एमाले र माकेले खोजेको सिन्डिकेट वाला समत, त झनयो, हुँदै होईन । अनि भख्खरै बनेको ओली ,दाहाल लामिछाने सरकारको कक्टेल पाटीको रोमान्चमा अलमलिने समयत झन पट्टकै होईन । यो समय त ,भुमन्डलिकृत पुजिवाद र ससदीय व्यवस्थाको दलनले चर्को पीडा खेपिरहेका मानिसहरुलाई सुखद भविस्यको संभावना देखाउने समय हो ।सुखद भविष्यको यात्रामा डोर्याउने समय हो।संसदीय भागबन्डा र लुटतन्त्रीयमधुरस´वाड्दै हनिमुन मनाइरहेकाहरु विरुद्ध दुन्दुभि बजाउने समय हो। ‘वैचारिक’ र ‘मुद्दा’ दुवै प्रकृतिको राजनीतिक बहसको वातावरण र ‘स्पेस’ लाई निमिट्यान्नै पार्न प्रचार गरिएका विभिन्न फेक न्युजको बाढीबाट मानिसहरुलाइ उद्दार गर्ने समय हो, विभिन्न स्वरमा उठिरहेका बिशृङ्खलित विद्रोहका आवाजलाई शृङ्खलाबद्ध गर्ने समय हो। वरालिएको राजनीति लाई ,बैचारिक राजनीतिले डोर्याउदै एजेन्डालाई बिचारमा जोड्नु पर्ने समय पनि हो, विदेशी हस्तक्षेप र गुलामहरुका विरुद्ध जागै वस्ने समय हो। बिचार र एजेन्डा लाई अभियान र आन्दोलनको रुपमा विकास गर्दै जनक्रान्तिलाइ अगाडि बढाउने समय त झन् , हुँदै हो ।लुटिएका सपना फर्काउदै,निराश मानिसहरुमा सुखद भविस्यको उर्जा भर्नअर्को नयाँ अभियान,सघर्ष र आन्दोलन सन्चालन गर्ने समय हो। बहुसंकट´को जालोमा फसिरहेका मानिसहरुलाइ मुक्त गर्नेएकीकृत जनक्रान्तिको´समय हो ।
१४ पौष ,२०७९।

(लेखक:सविन सी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार