‘जनयुद्धका कमान्डर प्रचण्ड प्रधानमन्त्री हुँदापनि जनताले केहि फरक पाएनन्’

डेली न्युजराप्ती       १६ माघ २०७९ ०६:२५ मा प्रकाशित     244 No Comments

दर्शन , राजनीतिक अर्धशास्त्र र बैज्ञानिक समाजबादको क्षेत्रमा माक्र्सवाद लेलिनबाद माओवादलाइ नयाँ गुणात्मक उचाईमा प्रदान गरि माओवादी आन्दोलन विकसित हुँदै बढ्यो । नेपाली सर्वहाराबर्ग र आम उत्पीडित जनसमुदायका लागि क्रान्ति पथप्रदर्सक सिद्दान्तका रुपमा  माक्र्सवाद लेलिनबाद माओवादलाई पकड्दै जनआन्दोलन जनसंर्घषको तीब्र रुपमा बिकास हुँदै अगाडि बढ्यो !माओवादी आन्दोलनले समान्तबाद साम्राज्यवाद र वैदेशिक हस्तक्षेपका बिरुद्धमा नयाँ जनवादी राज्यसत्ता स्थापना गरि समाजवाद हुँदै साम्यवादको कल्पना दिदै माओवादी आन्दोलन निरन्तर अगाडि बढ्यो । माओवादी आन्दोलनले सबै बर्गलाई समेटि जनवाद कार्वान्यवन गर्दै समाजमा भएका विभिन्न खालका बिकृती बिसङतीलाई भन्डाफोर सहित माओवादी आन्दोलन ससक्त रूपमा अगाडि बढ्यो । २०५२देखि सुरु भएको महान जनयुद्ध २०६२/०६३सम्म पुग्दा दुई सेना दुई सत्तामा ब्यस्त भयो भने देशको राष्ट्रिय राजनीति राजावादी,संसदवादी तर्फ माओवादी  बदलिन पुग्यो । आन्दोलनका सर्वोच्च कमान्डर पुस्पकमल दाहाल कमरेड प्रचण्ड जनसेना,जनसत्ता बुझाएपछी पटकपटक संसदिय दलको नेतृत्वमा पुगे । बिस्तारै एमाले , काङ्ग्रेस , राजावादीहरुले गरेका ठुलाठुला राष्ट्रघात जनघातहरु प्रचण्ड सरकारमा भएको बेलापनि राष्ट्रघात रोकिएन । माओवादी आन्दोलनलाई बिसर्जन गरेपछि आन्दोलनमा बोलेका लेखिएका नाराहरुलाई खोलामा बगाइदिए । बिभेदका नारा , महिला हिंसाका नारा आज १०बर्ष जनयुद्धका नेतृत्व सर्वोच्च कमान्डर तिन पटक सरकारको नेतृत्व गर्दा ती हिंसा हुन छोडेनन । जातीय हस्तक्षेप हत्यामा परेका नबराज बिक लगाएत अन्य र महिलामा परेकी बालिका निर्मला पन्त जस्ता थुप्रै नागरिकको हत्या हुदा पनि सरकार मै प्रचण्ड देखिन्छौ यो लाजमर्दो विषय पनि होइन र कमरेड? यस्ता समस्याबाट नागरिकलाई सुरक्षा राज्यले दिनुपर्छ भनेर जनआन्दोलनमा सहभागी कमरेडहरुका जीउँदा सपनालाइ खोला बगाएर माओवादी आन्दोलन बेचेर सहिदका सपना पुरा गरेका छौ । तिमि संगै जनयुद्ध गरेका सेनाको अबस्था बुझेका छौ ? “घरमा खाने गाँस छैन , बस्ने बास छैन”बर्खा लाग्दा चुहिने छाना छ”कहिलेकाही देखेका छौ ?  तिमि कान्छो काङ्ग्रेस हुन समेत छुटाएनौ कमरेड । काङ्ग्रेस बन्नु थियो भने किन १० वर्ष जनयुद्ध गरेका हौ? जनतालाई भ्रम सिर्जना गर्ने तिम्रा धोकेवाद टिप्पणी बन्द गर कमरेड ? तिमी क्रान्ति चहान्छौ भने नेपालको कम्युनिस्ट आन्दोलनमा संशोधनवादको हाबी हुँदै गएको छ । संशोधनवाद पनि समाजिक दलाल पुजीवादीमा परिणत भैरहेको बेला एकीकृत जनक्रान्तिको बाटो पकड्नु अपरिहार्य  । कम्युनिस्ट पार्टीहरुलाइ असली कम्युनिस्टका रूपमा चिनाउने हो भने समाजमा उत्पीडित तथा श्रमिक जनता र राष्ट्रको प्रतिनिधित्व बनाउनु पर्दछ । एमाले , काङ्ग्रेस , माओवादी लगाएका दलले बनाएको सरकार जनतालाई झुक्याउने ठुलाठुला हत्याहिंसा , लुटखोर  निम्त्याउने राष्ट्रघाती , जनघाती , अपराधीकहरुलाइ संरक्षण गर्ने जस्ता हर्कत हुदैछन । कम्युनिस्ट पार्टी बैचारिक , सैद्धान्तिक र राजनैतिक हिसाब समिक्षा गर्नाले माओवादी आन्दोलन रक्षा हुन छ ।

(लेखक बिबेक सी नेकपाको सहायक संगठन युवा संगठन नेपालका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार