अविरल वर्षातका कारण ढल्यो हात्ती ढुंगा

डेली न्युजराप्ती       २६ श्रावण २०७८ १७:५१ मा प्रकाशित     446 No Comments


हेमन्त वली श्रावण-२६,दाङ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ स्थित रहेको ऐतिहासिक आन्तरिक पर्यटकिय स्थलको रुपमा चर्चामा आएको हात्ती ढुंगा ढलेको छ ।
हात्ती ढुंगा मंगलबार बिहान ९ बजेतिर जरैदेखि भत्किएको स्थानियले बताएका छन।
हिजो देखि परेको अविरल वर्षातका कारण हात्ती ढुंगा अडाएको माटो चर्किदै गएको र आज बिहान जरै देखि ढलेको स्थानीयले बताएका छन।
आन्तरिक पर्यटन व्यवसायलाइ टेवा पुर्याइरहेको एक महत्वपूर्ण स्थल संरक्षण गर्न सम्बन्धित निकायले ध्यान नदिदा आन्तरिक पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार