कपिलवस्तु /नेपाल कम्युनिस्ट पार्टीले (भोलि) असार १५ गते देशभर एकैसाथ श्रम उत्सवको उद्घाटन गर्दैछ।
नेकपाले केन्द्रिय उत्पादन अन्तर्गत कपिलवस्तु , चितवन , वर्दियाको राजापुरमा विशेष कार्यक्रमको आयोजना गरि देशभर एकैसाथ श्रम उत्सवको उद्घाटन गर्न लागेको हो।
नेकपाले आफ्नो केन्द्रिय कार्यलय कपिलवस्तुमा भने महासचिव विप्लव सी लगायतका नेता कार्यकर्ता , इन्द्रेणी कलाकार परिवार , सामना कलाकार परिवारको सहभागितामा अन्तर्राष्ट्रिय गित गाएर श्रम उत्सवको भव्य उद्घाटन गर्दैछ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले श्रम उत्सवको बिहान साढे ६ बजे औपचारिक रुपमा उद्दघाटन गर्ने कार्यक्रम रहेको नेकपाको केन्द्रीय कार्यलयले जनाएको छ ।
उद्घाटन कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड सी , स्थायी समिति सदस्य शिलु सी , सुशील सी , पोलिट व्युरो सदस्य धुर्व सी लगाएतका केन्द्रिय नेताहरु र कार्यकर्ताको सहभागीता हुनेछ ।
महासचिव विप्लव , स्थायी समिती सदस्य शिलु सी र सुशील सी कपिलवस्तु पुगिसकेका छन भने अरु नेताहरु पुग्ने क्रम जारी छ ।
महासचिव विप्लव सहितका नेताहरूको प्रत्यक्ष सहभागीतामा बिहीबार (आज) मात्रै२० किलो बेर्ना राखिएको धानको बीउ निकालिएको छ ।
नेकपाले श्रम उत्सवको उद्घाटनको दिनमा कपिलवस्तुमा अढाइ बिघा जग्गामा धान रोप्ने जनाएको छ।
यस्तै नेकपाले चितवन र वर्दियाको राजापुरमा पनि करिब २० बिघा जमिनमा धान रोप्ने छ।
नेकपाले बर्दियाको राजापुरका लागि स्थायी समिति सदस्य भरत सी र चितवनका लागि स्थायी समिति सदस्य अनिल सीको नेतृत्वमा धान रोप्ने जनशक्ति खटाएको छ ।
कपिलवस्तुमा हुने श्रम उत्सवको उद्द्घाटनमा इन्द्रेणी कलाकारको टिम र सामना परिवारले बेजोड साङ्गेतिक प्रस्तुति प्रस्तुत गर्ने छन ।
श्रम उत्सवको उद्दघाटन कार्यक्रमलाई प्रचार प्रसार गर्न जनपत्रकार संगठनका आधा दर्जन पत्रकारहरु कपिलवस्तु पुगीसकेका छन भने अन्य पत्रकारहरु पनि सहभागी हुने छन ।
नेकपाले पार्टीलाई आत्मनिर्भर बनाउन देशभर करिव ८० बिघा जमीनमा धान रोप्ने लक्ष्य लिएको नेकपाका केन्द्रिय कार्यलय सचिव बिजय सीले जानकारी दिएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.