विप्लव नेकपा सहित ६ दलको संयुक्त बिज्ञप्ति, संघर्षको निरन्तर नेतृत्व गरिरहने प्रतिबद्धता

डेली न्युजराप्ती       ४ फाल्गुन २०७८ २०:०२ मा प्रकाशित     712 No Comments


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीसहित ५ राजनितिक दल र देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट पास गराउने षड्यन्त्र गरेको भन्दै आज आह्वान गरेको नेपाल वन्दको कार्यक्रमलाई सफल पार्न संघर्षमा लागि पर्ने पार्टीका नेता कार्यकर्ताहरुआफ्नै तरिकाले संघर्ष गर्ने संघ संगठन एवं व्यक्तित्वहरु, संसद भवन र सरकारी गठबन्धन भित्रबाट संघर्ष गर्ने नेता एवं सांसदहरु र महान नेपाली जनतामा हार्दिक बधाई सहित धन्यवाद व्यक्त गर्दै उपत्यका र देशैभरिबाट दर्जनौँ नेता र कार्यकर्ताहरुको गिरफ्तारी भएकोले उनिहरुलाई तुरुन्त रिहाई गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ। साथै उनीहरुले नेपालबाट MCC कम्प्याक्ट खारेजी नहुदाँ सम्म निरन्तर संघर्षमा डटिरहन देशभक्त नेपाली जनतामा हार्दिक अनुरोध गर्दै हामी संघर्षको निरन्तर नेतृत्व गरिरहने प्रतिबद्बतासमेत व्यक्त गरेका छन।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टी , मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले जारी गरेको संयुक्त बिज्ञप्ति यस प्रकार रहेको छ –
“१. नेपाल राष्ट्रको रक्षार्थ ५ कम्युनिष्ट पार्टी र १ मोर्चाले MCC कम्प्याक्टलाईसंसदमा पेश गरी पारित गराउने देउवा सरकारको धृष्टताका विरुद्ब आयोजना गरेको जनसंघर्षको नेपाल बन्द कार्यक्रम ऐतिहासिक भव्य र सानदार रुपमा सम्पन्न भयो ।
२. घोषित नेपाल बन्दको कार्यक्रमलाई सफल पार्न संघर्षमा लागि पर्ने पार्टीका नेता कार्यकर्ताहरुआफ्नै तरिकाले संघर्ष गर्ने संघ संगठन एवं व्यक्तित्वहरु, संसद भवन र सरकारी गठबन्धन भित्रबाट संघर्ष गर्ने नेता एवं सांसदहरु र महान नेपाली जनतामा हार्दिक बधाई सहित धन्यवाद व्यक्त गर्दछौँ ।
३. नेपाल बन्दको क्रममाराज्यले गरेको दमन र धरपकडको घोर निन्दा एवं भर्त्सना गर्दछौँ ।
४. बन्दलाई सफल पार्न खटिएका नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय संयोजक क. कर्णजित बुढाथोकीशुसिल , मेघ बहादुर खत्रि ,जनक बिक ,कपिल सिजापति , नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरु दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, प्रेम सुवेदी, हरिकृष्ण गजुरेल, दिपक शाही ,वसन्त बोगटी, कृष्णभक्त महर्जन,फुर्नाम्गेल मोक्तान, शारदा महत लगायतलाई गिरफ्तार गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका सकल लिम्बु ,राजकुमार हिङमाङ, बुद्ब लक्ष्मी महर्जन, महावीर विश्वकर्मा, रुपा सुनार, शशि सुनार, भूपाल साङपाङ, मोहन लकान्द्री लाई गिरफ्तार गरेको छ।त्यस्तै उपत्यका र देशै भरिबाट दर्जनौँ नेता र कार्यकर्ताहरुको गिरफ्तारी भएको छ ।उहाँहरुलाई तुरुन्त रिहाई गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ।
५. नेपाल बन्दको क्रममा घाईतेहुनु भएका क. लोकेश जोशी ,क. फुलमति सापकोटा , भूपाल बिक , सुदिप शाही ,निगम भण्डारी,चिरायु भेटवाल, मनोज बुढा,दिनेश नेपाली र निराजन धामी लगायत सम्पूर्णको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
६. नेपालबाट MCC कम्प्याक्ट खारेजी नहुदाँ सम्म निरन्तर संघर्षमा डटिरहन देशभक्त नेपाली जनतामा हार्दिक अनुरोध गर्दै हामी संघर्षको निरन्तर नेतृत्व गरिरहने प्रतिबद्बता व्यक्त गर्दछौँ ।”
संयुक्त प्रेस बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार