महङ्गी विरुद्ध भोलि देशव्यापी जनप्रदर्शन , दाङको घोराही र तुलसीपुरमा प्रदर्शनको तयारी पूरा!

डेली न्युजराप्ती       १४ फाल्गुन २०७९ २०:४३ मा प्रकाशित     139 No Comments

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले मुलुकमा आकासिँदै गएको महङ्गीका कारण आम सर्वसाधारण नागरिकको दैनिकी निकै कष्टकर बन्दै गएको भन्दै भोलि देशव्यापी जनप्रदर्शन गर्ने भएको छ। खाध्यान्न, तरकारी ,यातायात भाडा , दुध, फलफूल लगाएत जनजीवनका दैनिक वस्तु तथा सेवाहरुको मुल्य छोई नसक्नु भैरहेको बेला राज्यले मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने र नागरिकको दैनिक जीवन सहज बनाईनु पर्ने माग सहित नेपाल कम्युनिस्ट पार्टीले जनप्रदर्शनको आयोजना गरेको हो ।

पछिल्लो पटक मुल्य वृद्धि , बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजदर ,मिटर ब्याज र भ्रस्टाचार लगाएतका अर्थतन्त्रको क्षेत्रमा देखिएका समस्याहरुले गर्दा मजदुर , किसान, उध्योगी, व्यापारीहरु सडकमा आउने स्थित आएको भन्दै त्यस विरुद्ध विरोध , प्रदर्शन र आन्दोलन गर्दै आएको नेकपाले फाल्गुन १५ गते देशभर विभिन्न जिल्ला सदरमुकाम , शहर ,चोकहरुमा प्रदर्शन गर्ने कार्यक्रम रहेको बताएको छ भने राजधानी काठमाडौको माइतीघर मण्डलाबाट बिहान ११ बजे जुलुस सहित बानेश्वर चोकमा सभामा परिणत गर्ने कार्यक्रम रहेको कुरा पोलिटब्युरो सदस्य एवम् उपत्यका ब्युरो इन्चार्ज कृति सीले हामीलाई जानकारी दिएका छन ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङ जिल्लाले भोलि ११ बजे तुलसीपुरको बिपि चोकमा चर्को महंगी विरुद्ध भव्य बिरोध प्रदर्शन गर्ने जनाएको छ भने नेकपा पुर्वी दाङलेपनि भोलि चर्को महंगी , कालोबजारी , भ्रष्टाचारका विरुद्ध घोराहीमा भव्य जनप्रदर्शन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार