शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिहरुको प्रतिवाद हुन्छ : आठ कम्युनिष्ट पार्टी

डेली न्युजराप्ती       २३ फाल्गुन २०७९ १३:०२ मा प्रकाशित     246 No Comments

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड निवास बालुवाटारमा बसेको आठ कम्युनिष्ट पार्टीको बैठकले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने गतिविधिहरुको प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका प्रवक्ता प्रकाण्ड सी , नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (बहुमत) का नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहूती), नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकीलगायतका नेता सहभागी भएका थिए ।
उक्त बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न सरकारसँग जोडदार माग गरेको छ भने शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न एकमत हुने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार