कांग्रेस , एमाले र समाजवादी निकट बिद्यार्थी संगठनद्वारा बबई क्याम्पसमा तालाबन्दी !

डेली न्युजराप्ती       ४ चैत्र २०७९ २१:२१ मा प्रकाशित     284 No Comments

चैत्र ४ , तुलसीपुर । राप्ती बबई क्याम्पसमा ३ बिद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।
क्याम्पसमा त्रिभुवन बिश्वबिद्धालयको निर्वाचन कार्यतालिका अनुसार भोलि ५ गते स्ववियु निर्वाचन हुने कार्यतालिका रहेको थियो ।

स्ववियु निर्वाचनमा संलग्न बिद्यार्थी संगठनबिच मतपत्र सम्बन्धि फरक फरक धारणा रहि सहमति जुट्न नसकेका कारण अर्को सुचना प्रकाशन नहुदासम्मका लागि मतदान स्थगित गरिएको निर्वाचन अधिकृत टेकनप्रसाद कडेलले बिज्ञप्ती मार्फत जनाएका छन ।

नेपाल बिद्यार्थी संघ , नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू राप्ती बबई क्याम्पस इकाइ समितिले छुट्टाछुट्टै बिज्ञप्ति जारी गरि निर्वाचन कार्यालय र क्याम्पस प्रशासन कक्षमा तालाबन्दी गरेपछि निर्वाचन अधिकृतले निर्वाचन स्थगित गरिएको बिज्ञप्ति मार्फत जानकारी दिएका हुन् ।

यता नेविसंघ राप्ती बबई क्याम्पस इकाइ समितिले बिद्यार्थीको परिचय पत्र फर्जी रहेको र सोको छनविन चुस्तदुस्त नहुदासम्म निर्वाचन कार्यलायमा तालाबन्दी गरिएको बिज्ञप्तिमा स्पष्ट पारेको छ ।

यस्तै नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू क्याम्पस इकाइ कमिटीले छुट्टै बिज्ञप्ति जारी गरेर निर्वाचन स्थगितको माग गर्दै प्रशासन कक्षमा तालाबन्दी गरेको जनाएको छ ।
बिज्ञप्तिमा क्याम्पस प्रशासन र केही कर्मचारीको मिलेमतोमा फर्जी मतदाता बनाउन खोजेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार