बार्सिलोनाको विजयी सुरुवात

डेली न्युजराप्ती       ३२ श्रावण २०७८ ११:२८ मा प्रकाशित     669 No Comments

शिवराज वली श्रावण-३२,एजेन्सी।
स्पानिस ला लिगा अन्तर्गत गएराती सम्पन्न भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाइ ४-२ गोल अन्तर ले पछि पार्दै सुखद सुरुवात गरेको छ।
आफ्नो घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा लिओनल मेस्सिले क्लब छोडेपछी बार्सिलोनाले ला लिगाको पहिलो खेल खेलेको हो। बार्सिलोनालाइ जित दिलाउन मार्टिन ब्रेथवेइट ले २ गोल तथा १ असिस्ट सहित महत्वपूर्ण योगदान गरे। खेलको १९ औं मिनेटमा जेरार्ड पिके को गोल बाट बार्सिलोनाले १-० को अग्रता कायम गर्यो त्यस्तै पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मार्टिन ब्रेथवेइटको गोल संगै बार्सिलोनाले खेलमा २-० को अग्रता बनायो। दोस्रो हाफको ५९ औ मिनेट मा ब्रेथवेइटले नै व्यक्तिगत दोस्रो गोल गरे। खेलको ८२ औ मिनेटमा लोबेटेले गोल गर्दै सोसिडाडलाइ खेलमा फर्काउने कोसिस गरे।खेलको ८५ औ मिनेटमा मिकेल ओयाराजबाल ले गोल गरेपछी खेल ३-२ को स्थितिमा पुग्यो।खेलको इन्जुरी समयमा गोल गर्दै सर्जी रोबर्टो को गोल सङ्गै बार्सिलोनाले ३ अंक सुनिस्चित गरेको थियो। जित पछि बार्सिलोना लिगको दोस्रो स्थानमा छ भने अलाभेसलाइ ४-१ ले हराएको रियल मेड्रिड ला लिगाको शिर्ष स्थानमा रहेको छ।
१७ वर्षपछि बार्सिलोनाले लिओनल मेस्सीविना लिगमा खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार