नेकपा कालिकोटद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण,पार्टीका स्थायी समिती सदस्य रणवीर जनश्रममा

डेली न्युजराप्ती       १८ कार्तिक २०७९ १७:३२ मा प्रकाशित     145 No Comments

१८ कार्तिक,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीले कालिकोटको तिलागुफा नगरपालिका ४ का बाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ । विहिवार पीडित परिवार संग नेकपाका स्थायी समिति सदस्य भरत सी (रणवीर)ले पीडित परिवारलाई घर घरमै भेटेर राहत हस्तान्तरण गर्नु भएको हो ।

गत असोज २३ गते मलाम गएका वडा अध्यक्ष सहित १३ जनाको बाढी पहिरोले ज्यान गएका परिवारका सदस्यहरुलाई नेकपाले राहत वितरण गरेको छ । नेकपाले पीडित परिवारका सदस्यहरुलाई शान्त्वना स्वरुप प्रतिपरिवार दुई हजारका दरले राहत दिएको जनाएको छ ।

राहत हस्तान्तरणका क्रमममा पीडित परिवारलाई नेकपाका स्थायी समिति सदस्य रणवीरले प्राकृतिक प्रकोपका घटनाले पुर्याउने क्षतिलाई कसैले पनि पूर्वाअनुमान गर्न नसकिने भएकाले अकल्पनिय घटना भएको भन्दै पीडित परिवारलाई विक्षिप्त नहुन आग्रह गर्नु भयो ।

उहाँले तत्काल आफुहरुको तर्फवाट ठुलो राहत नभएर कोशेली (नासो) मात्र भएको र अरु राहतको लागि पहल गर्ने जानकारी दिनु भयो । उहाँले खानेपानी समेत राम्रो संग खान नपाएको गुनासो गरेका पीडितहरु समक्ष एक दुई दिन भित्रै खानेपानी व्यवस्थापनका लागि पाईप पठाईदिने वताउनु भयो ।

उहाँले जनयुद्धका बेला पनि यस्तै दर्जनौ मानिसहरुको लडाईमा वलिदान हुने गरेको र आफ्नै दुई दुई भाईको पनि वलिदान भएको घटना स्मरण गराउदै घटनाबाट नआत्तिन र मनलाई धर्यै वनाउन पीडित परिवारहरुलाई अनुरोध गर्नु भयो ।

स्थायी समिति सदस्य रणवीरले भन्नु भयो “म पनि तपाईहरु जस्तै पीडित छु , धेरै साथीहरुलाई संगै गुमाएर आएको छु, दुई दुई भाई गुमाएको छु , क्रान्तिमा भएकाले आमा वुवाको राम्रो संग उपचार गर्न नपाएर गुमाएको छु तर पनि पीडा पचाउनु पर्छ । धैर्य हुनुपर्छ । मनलाई शान्त पार्नु पर्छ । कोही पनि अजमरि हुदैन मर्ने र वाँच्ने प्रकृति र विज्ञानको नियम हो, कसैले रोक्न सक्दैन ।”

स्थायी समिति सदस्य रणवीरले दुखित परिवारको साथमा नेकपा सधै उभिने अठोट व्यक्त गर्दै आवश्यक राहत र क्षति भएका घरको पुर्ननिमार्णका लागि पार्टीले सक्दो पहल गर्ने वताउनु भयो । स्थायी समिति सदस्य रणवीरले भावुक हुदै पीडित परिवार प्रति राज्य उदासिन भएको भन्दै बाढी पहिरोको जोखिममा रहेका वस्तीको स्थानान्तरण गर्न र वास वस्न मिल्ने ठाउँमा यथाशिघ्र वासस्थान वनाईदिन आग्रह गर्नु भयो ।

उहाँले पीडित परिवार समक्ष घटना लगत्तै नेकपा स्तव्ध भएको,पार्टीका तर्फ बाट शोक वक्तव्य समेत निकालेर घटना प्रति गहिरो दुख व्यक्त गरेको, पीडित परिवारलाई समवेदना दिई मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरेको र आफ्नो कार्यकर्तालाई उद्धार कार्यमा लाग्न निर्देशन दिर्दै राज्यलाई समेत उद्धार र राहत कार्यमा लाग्न ध्यानाकषर्ण गराएको पनि जानकारी गराउनु भयो ।

स्मरण रहोस वाढी पहिरोमापरी ज्यान गुमाउनेहरुमा वडाअध्यक्ष पर बहादुर शाही, विद्यालय व्यवस्थापन समिति अध्यक्ष छत्रजंग शाही,शिखर इन्स्योरेन्स क.लि.कालिकोटका प्रतिनिधि खगेन्द्र शाही, धन बहादुर शाही,काली बहादुर शाही,भेस बहादुर शाही, धन शाही, अलि शाही,खेमराज शाही,मान बहादुर शाही, मोतिलाल शाही,नरेश शाही र प्रशान्त शाही रहेका थिए ।

उनीहरु सवै जना गाँउकै मुटुरोग पीडित हिमराज शाहीले ज्यान गुमाएपछि मलामीका लागि तिलानदिको किनारमा गएका थिए ।

अकस्मात आएको खोलाको वाढी र पहिरोले सवैजनाको ज्यान लिएको थियो । राहत वितरणका क्रममा नेकपाका केन्द्रीय सदस्य रणदिप सी ,जिल्ला सेक्रेटरी शाहसी सी,नेकपा कालिकोट जिल्ला सदस्य रमेश सी, जनपत्रकार संगठनका केन्द्रीय सचिवालय सदस्य कर्ण सी लगायतका व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।

नेकपाका स्थायी समिति सदस्य भरत सी बाढीपहिरो पीडितको ‘जनश्रममा’
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सी (रणवीर)ले वाढीपहिरो पीडितको जनश्रममा सहयोग गर्नु भएको छ । जिल्लाको तिलागुफा नगरपालिका वडा नम्वर ४ का बाढी पहिरो पीडितलाई राहत वितरण गर्न विहिवार त्यहाँ पुग्नु भएका भरत सीले बाढी पहिरो पीडितको अलपत्र अवस्थामा रहेको काममा सक्दो श्रम गरेर सहयोग गर्नु भएको छ ।
खेतिपाती भित्र्याउने समयमा सेतो कपडा ओढेर परिवार शोकमग्न अवस्थामा भएकाले खेतवाट धान र पराल बाेकेर सहयोग गर्नु भएको हो । उहाँको साथमा पार्टीका केन्द्रीय सदस्य रणदिप सी , जिल्ला सेक्रेटरी शाहसी सी, जिल्ला सदस्य रमेश सी र पत्रकार कर्ण सीले पनि धान,पराल वोकेर जनश्रम गरेका छन ।
नेकपाका नेता कार्यकर्ताले बाढी पहिरो पीडित परिवारलाई सक्दो जनश्रम बाट सहयोग गरेर दु:ख विर्साउने प्रयास गरेका हुन् । उनीहरुले हामी पनि तपाईहरुकै छोरा तथा आफन्त जस्तै हौं भन्दै जे जस्तो घटना बाट आफन्त गुमाएपनि अब उप्रान्त दुखत घटनालाई सधैका लागि विर्सन आग्रह गरेका छन । बाढी पहिरो पीडित परिवारहरुले नेकपाका नेता कार्यकताले राहत वितरण संगै श्रममा सहयोग गरेपछि हर्षित हुदै धन्यवाद दिएका छन ।
गत असोज २३ गते मलाम गएका वडा अध्यक्ष सहित १३ जनाको बाढी पहिरोले ज्यान गएका परिवारका सदस्यहरुलाई नेकपाले राहत वितरण संगै जनश्रम गरेको हो ।
मुटुरोग पीडित हिमराज शाहीको मृत्यु भएपछि तिलानदिको किनारमा मलामी गएका वडाअध्यक्ष पर बहादुर शाही सहित १३ जनाकोे बाढी र पहिरोले ज्यान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार