नेकपाका केन्द्रीय सदस्य मदन सीका दिवंगत बुवाको सी संस्कृति अनुसार शोक कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       १६ बैशाख २०८१ १५:४५ मा प्रकाशित     58 No Comments

बैशाख १६ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य मदन सीका दिवंगत बुवा फत्तेबहादुर चन्दको स्मृतिमा शोक कार्यक्रम सम्पन्न भएको छ ।

दिवंगत हुनुभएका नेता मदन सीका बुवा चन्दको स्मृतिमा आयोजित शोक कार्यक्रम पार्टीको सी संस्कृति अनुसार सम्पन्न गरिएको हो । सी संस्कृति अनुसार फल , फुल , जडिबुटी बृक्षारोपन गरिएको , बुवाको सम्झनामा १८७ घरपरिवारलाई अशक्त, असहाय र श्रमिक(दलित) समुदायलाई राहत वितरण गरिएको , बुवाको सम्झनामा परिवारबाट रु ५०,५०० अक्षरुपी पचास हजार पाँच सय रुपैयाँँ फत्ते स्मृति अक्षयकोष स्थापना गरिएको र अन्तिममा शोक सभा सहित दिवंगत बुवाप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको जानकारी दिनुभएको हो ।

शोक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य असल सी , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सबिन सी , नेपाल कम्युनिस्ट माओवादी केन्द्रका केन्द्रिय सदस्य कृति बहादुर पुन , दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के. सी. , दार्मा गाउँपालिका उपाध्यक्ष क. जुना मल्ल , दार्मा गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत रेशम ओलि , नेपाली काङ्ग्रेस पुर्व जिल्ला सचीव राम चन्द्र के. सी. ,नेपाल कम्युनिस्ट माओवादी केन्द्र दार्मा गाउँ कमिटी अध्यक्ष क. दुर्गा मल्ल , नेकपा एमालेका धर्म खत्री , नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सदस्य रमेश केसी लगाएतले मृतक चन्दप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका थिए ।

दार्मा गाउँपालिका ५, ढाकाडामकोट सल्यान निवासी चन्दको ६३ बर्षको उमेरमा २०८१ साल वैशाख ११ गते भएको दुःखद निधन भएको थियो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले यसअघि नै वक्तव्यमार्फत उनको निधनले आफूलाई स्तब्ध बनाएको भन्दै शोक वक्तव्य मार्फत दुख व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार