अखिल (क्रान्तिकारी) दाङद्वारा बिजौरीमा प्रदर्शन (भिडियोसहित)

डेली न्युजराप्ती       ११ श्रावण २०७८ १७:५३ मा प्रकाशित     1387 No Comments


हेमन्त वली श्रावन-११,दाङ।
नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अनेरास्ववियु(क्रान्तिकारी) जिल्ला समिति दाङले तुलसीपुर उपमहानगरपालिका-१८ विजौरीमा कृषकहरुका समस्याहरु समाधान गर्न तथा मल बीउ विजन सहज रुपमा उपलब्ध गराउन माग गर्दै प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।
प्रदर्शन कार्यक्रम बिरोध र्याली पछि कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर इन्चार्ज विकाशले परिवर्तन सम्भव छैन भनेर जनतामा निराशा बाड्नेहरु हिजोका आफ्ना कमान्डरहरु नै भएको बताए। गाउँ-गाउमा विप्लवहरुबाट सम्भब छैन,बैज्ञानिक समाजवाद आउदैन भन्दै निराशा किन बाड्छौ?उनले प्रश्न गरे।इन्चार्ज विकाशले आट भए क्रान्ती गर्न,इमानदार भए सहयोग गर्न केही गर्न नसकेपनी जनतामा भ्रम नछर्न पुर्व सहयोद्धाहरुलाइ चेतावनी दिए।
निकै आक्रोशपुर्ण सम्बोधन गरेका बिकाशले सहिद बेपत्ता परिवारको पिडाले टुलुटुलु बस्न दिएन र अर्को बिद्रोह गरेको बताए।
उनले शान्तिपूर्ण ढंगको क्रान्तिको चरणमा आफुहरु आएको भन्दै अब नेपालमा बैज्ञानिक समाजवाद कि दलाल पुजीवादी संसदीय व्यवस्था भन्ने बिसयमा जनमतसंग्रह हुने बताए। जनमतसंग्रह जनताको अधिकार भएको र राज्य तयार नभए परिणाम भयानक हुने धारणा राखे। व्यवस्था छान्छौ भन्दा नदिए आफुहरुलाइ बिद्रोह गर्ने अधिकार जुनसुकै बेला पनि भएको उनको धारणा थियो। एक फरक प्रसंगमा इन्चार्ज बिकाशले यो सरकार एमसिसी पास गर्न बिदेशिले बनाएको धारणा राखे।उनले भने,”एमसिसी देशको हितमा छैन भनेर आमजनताले भनेका छन, अटेरी गरे नेपालमा अर्को विद्रोह हुनेछ”। उनले आफ्नो पार्टी र देशको लागि बलिदान दिने जनता साथमा हुदा सम्म एमसिसी पास गर्ने सपना नदेख्न चेतावनी दिए।
प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अखिल(क्रान्तिकारी)राप्ती व्युरो इन्चार्ज दिपकले संसदीय व्यवस्था जोगाउन देशका युवाहरु बादर बन्नुपरेको बताए। उनले यो सत्ता जोगाउन बादर बन्ने भन्दा सत्तामा रहेका बादरहरुका विरुद्ध सचेत मान्छे बनेर व्यवस्था परिवर्तनको महाअभियान संघर्ष गर्नुपर्ने धारणा राखे।उनले खेतीयोग्य जमिनमा भुमाफियाले प्लटिङ गर्ने,वजारीकरणको समस्या,दलालिकरण समस्या,उत्पादनले उचित मुल्य नपाउने समस्याहरुको समाधान तत्काल गर्न माग गरे। एक फरक प्रसंगमा इन्चार्ज दिपकले यो व्यवस्थानै तमाम संकटको कारक तत्व भएको र आफुहरुले बिगतमा संसदीय चुनाव बहिस्कार गर्न माग गरेको बताए।उनले भने,”हामीले चुनाव बहिस्कारमा एउटा नारा दिएका थियौ,तपाईंइको एक भोट देश बेच्ने लाइसेन्स नबनोस”। तपाइले भोट एमसिसी पास गर्न दिएको हो?उनले प्रश्न गरे।

कार्यक्रममा सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्तीले एकीकृत जनक्रान्तिको कार्यदिशाले जनयुद्धको लक्ष्यलाइ चुमेको बताए।उनले जनयुद्ध जुन लक्ष्य,उदेश्य प्राप्तिका लागि लडिएको थियो त्यो पूरा गरिछाड्ने बताए।नेता धर्तीले विद्रोहका लागि शिरमा कफन बाधेर हिडेको बताए।
प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ दाङ जिल्ला संयोजक पोषणले एमसिसी कुनैपनी हालतमा पास गर्न नहुने धारणा राखे।उनले कृषिप्रधान देशमा बहुसंख्यक जनता कृषिमा आधारित भएको तर साधारण जीवन जिउन पनि निकै कठिन भएको बताए।उनले किसानले उत्पादन गरेको बस्तुभाउको मूल्य किसानले नै निर्धारण गर्न पाउनुपर्ने बताए।उनले किसानहरुले धान रोपाइको यो समयमा सहज रुपमा मल बीउ विजनको सहज आपूर्ति हुन नसकेको प्रती आपत्ती प्रकट गरे।
प्रदर्शन कार्यक्रमको सहजीकरण अनेरास्ववियु(क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमरले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार