माकेको विशेष रुपान्तरण अभियान:लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित छविका लामा नियुक्त

डेली न्युजराप्ती       २२ श्रावण २०८० १०:०७ मा प्रकाशित     115 No Comments

दाङ। प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामालाई नियुक्त गरेपछि माकेभित्रै असन्तुष्टि देखिएको छ ।
भर्खरै माकेको केन्द्रीय समितिको बैठकले ३ महिने रुपान्तरण अभियान संचालन गर्ने निर्णय गरेकै दिन विवादित लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पार्टी रुपान्तरण नहुने संकेत गरेको हो ।

माकेभित्र खास भूमिका नभएका तर रुपान्तरणको बहस चलाउँदै आएका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् रुपान्तरण अभियानको उद्घाटन भदौ १६ गते निर्णय भएपनि बैठक सकिएकै दिन त्यसको सुरुवात लुम्बिनीबाट भएको व्यंग्य गरेका छन् । उनले भनेका छन्, ुरुपान्तरण अभियानको उद्घाटन भदौ १६ गते निर्णय थियो तर बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसकेछ १ु अर्का नेता सूर्य सुवेदीले लामाको नियुक्ती रुपान्तरण अभियानको पहिलो गासमा ढुंगा भएको भन्दै असन्तुष्टि ब्यक्ति गरेका छन् ।

यस्तो छ- डा. लामाको विवादित छवि:-

बन मुद्दा, वैदेशिक रोजगार ठगी, अवैध हतियार, अकुत सम्पत्ति र दोहोरो नागरिकता। सरकारले हालै लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको ल्यारक्याल लामाको योग्यता हो यो।
सिन्धुपाल्चोक हेलम्बुबाट नेपाली नागरिकता लिएका उनको नागरिकता नै विवादित छ। पटक-पटक गम्भीर अपराधमा मुछिँदै आएका उनी पर्यटन तथा संस्कृति मन्त्रालयको सिफारिसमा विकास कोषको उपाध्यक्षमा नियुक्त भए।
२०७२ फागुन ३० गते प्रहरीले नेपाल इन्भेष्टमेन्ट बैङ्कमा रहेको उनको निजी लकर खोल्दा १४ वटा गोली फेला परेको थियो। अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा ल्यार्क्यालको लकर खुलेपछि खोल्दा गोली फेला परेको थियो।
उनीमाथि आयोगले २०७३ मा भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा समेत दायर भयो। विशेष अदालतबाट सफाइ त पाए नै अख्तियार सर्वोच्चमा पुनरावेदनमा समेत गएन।
विदेश पठाइदिन्छु भनी ठगी, पक्राउपछि ३० लाख धरौटी बुझाएर रिहा
२०७२ सालमै वैदेशिक रोजगारीमा ठगीको आरोपमा उनी पुनः पक्राउ परे। पक्राउ परेलगत्तै ३० लाख धरौटी बुझाएर रिहा भए। उक्त प्रकरणमा उनी २०७२ चैत १० गते धरौटीमा रिहा भएका थिए। लामालाई विभागका अधिकारीले बयान लिए, अनि दुई दिनमै माथिल्लो आदेश भनेर हाजिर हुनेगरी धरौटीमा छाडियो। वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगारसम्बन्धी कसुर गरेको ठहर भएमा डेढ गुणासम्म क्षतिपूर्ति र सात वर्षसम्म कैद हुने व्यवस्था छ। तर उनीमाथि मुद्दा नै चलाइएन। उनैलाई माओवादीले गौतम बुद्धको जन्मस्थलको संरक्षण गर्ने जिम्मा दिएको छ।उच्चस्तरीय छानबिन आयोग बन्यो, तर कारवाही भएन
राज्यमन्त्रीबाट राजीनामा दिएपछि उनीमाथि छानबिन गर्न न्यायिक आयोग नै गठन भएको थियो। पुनरावेदन अदालतका पूर्वन्यायाधीश भोलाप्रसाद खरेलको नेतृत्वमा उक्त समितिले प्रतिवेदन पनि दिएको थियो। उक्त प्रतिवेदन गृह र प्रधानमन्त्री कार्यालयबाटै गायब पारियो। र हालसम्म सार्वजनिक गरिएको छैन। त्यतिखेर उनले नेपालबाट दुईवटा नागरकिता, भारतबाट रासनकार्ड र राहदानी तथा तिब्बती शरणार्थीको परिचयपत्र लिएको आशंकामा छानबिन सुरु भएको थियो। बौद्ध धर्मगुरु दलाई लामाका विशेष दूत लोङ्गी ग्यारी र हलिउड अभिनेता रचिर्ड गेरसँग पनि लामाको बाक्लो सम्पर्क रहेको उक्त प्रतिवेदनमा भनिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार