साझा र मिल्ने मुद्दामा सहकार्य गर्ने सहमती
काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीबिच भेटघाट भएको छ।बिगत ६ बर्षदेखी जेलमा रहेका चौधरीको स्वास्थस्थिति बुझ्न र देशको विद्यमान समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी गर्न महासचिव विप्लवले डिल्लीबजार कारागारमा रहेका चौधरीलाई भेटघाट गरेका हुन।
मङ्गलबार भएको भेटघाटको क्रममा नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीले आफुमाथी राज्यले अन्याय गरेको , अहिलेको सत्तामा रहेका राजनीतिक पार्टीहरुको गलत प्रवृत्तिका कारण देश संकटमा फस्दै गएको र अब नेपाली जनताले सत्तासिन राजनीतिक दलहरुको विकल्प खोज्ने अवस्था आएको बताएका थिए ।
महासचिव विप्लवले चौधरीमाथिको राज्यको रबैया गैरन्यायिक भएको पार्टीको ठहर रहेको र नेपाल कम्युनिस्ट पार्टीले उनको रिहाईका लागि पहल गर्ने बताएका थिए।
भेटघाटको क्रममा नेपाल कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबिचका साझा र मिल्ने बिषयमा सहकार्य गरेर जाने सहमति समेत भएको महासचिव विप्लवको सचिवालयले पुष्टि गरेको छ ।
भेटघाटको क्रममा नेकपा स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सी ,केन्द्रिय सदस्यहरु दर्शन सी र अडिग सी समेत सहभागी रहेका थिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.