‘जसले राज्य भएको महसुस गर्न कहिल्यै पाएनन्’

डेली न्युजराप्ती       ११ माघ २०८१ १६:१९ मा प्रकाशित     232 No Comments

हेमन्तप्रकाश वली ।
जंगल नजिकैको खोल्सामा एउटा सानो बुकुरो , घर बाहिर हातखुट्टा नचल्ने वृद्ध श्रीमतीको स्याहार गर्दै थिए चन्द्र बहादुर सुनार ।

उनै सुनार जो आँफै अशक्त छन् । उमेरले नेटो काटिसक्यो । ठिङ्ग उभिन सक्दैनन् । उनिसंग अहिले केही छैन् , कोहि छैन् । उनिसंग छ त केवल प्यारालाइसिस भएकी अशक्त श्रीमती । न कोहि बोलाउने मान्छे छ , न त कोहि बोल्ने छ ।

माथी उल्लेखित प्रसंग कुनै कथा होइन् । यो एउटा सत्य घटना हो । यथार्थ दृश्य हो ।
यो शान्तिनगर गाउँपालिका-३ स्थित रातामाटामा बस्ने चन्द्र बहादुर दम्पतीको दैनिकी हो ।
उनका सन्तान नभएका पनि होइनन् तर साथमा छैनन् ।

उनको साथमा १ छोरा छन् तर उनिपनि मानसिक बिरामी भएकाले उपचाररत भएको स्थानीयले डेलि न्युज राप्ती लाई जानकारी दिए ।
उनका १ छोरी र १ जना छोरा कहाँ छन् , थाहा नै छैन् ।

चन्द्र बहादुरकि पत्नी चनमती सुनार पनि बिरामी छन् । उनको श्रीमतीको शरीर प्यारालाइसिसले थलिएको छ । दिसापिसाब समेत आँफै गर्ने सक्ने अवस्था छैन् ।

चनमती सुनारको स्याहारसुसार उनका श्रीमानले आँफै गर्ने गर्दछन ।

‘बिहान साँझ पकाएर खाने अन्न हुँदैन । कसैको दयाँ माया भयो भने , कसैले ल्याइदियो भने पकाएर खाने हो।उहाँप्रती कसैको दया पलायन भने भोकभोकै बस्ने हो । काम गरेर खान सक्ने शरीरमा शक्ति छैन् , उमेरले नेटो काटिसकेको छ । पहिलेपहिले गाउँभरी मागेर खानुहुन्थ्यो , बस्ने बास थिएन । तर अहिले विप्लवको पार्टीले घर बनाइदिएको छ । बस्ने बास त भयो तर खाने गासको टुँगो छैन् । वृद्ध अवस्था छ , उमेर ढल्किस्क्यो । प्यारालाइसिसले शरीर थलिएको छ । उपचार गर्न सक्ने अवस्था छैन् । यस्तो जुनि कसैको नहोस् । म त भन्छु यस्तो दुख कसैले नपाओस। गरिब , दिनदुखीका लागि कोहि नहुँदो रहेछ । गरिबको जुनि काल पर्खिने मात्रै रहेछ ,’ एक स्थानीयले भने।

चन्द्र बहादुर सुनार दम्पती केही वर्षअघि सम्म खुल्ला आकाशमै थिए । उहाँहरुसंग बस्ने बास समेत थिएन् ।

तर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी प्रतिबन्धित भएको बेलामा सबैसंग सहकार्य गरेर सुनार दम्पतीका लागी २ कोठे आवास निर्माण गरिदिएको थियो।

‘उहाँको अवस्था एकदमै दयनीय थियो । त्यो बेला हामी प्रतिबन्धित थियौं । हाम्रो पार्टीलाई तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो । हामीलाई राज्यले झुठा मुद्दा लगाउने , गोलि हान्ने , लखेट्ने काम गरिरहेको थियो । तर हामी जनताको सेवामा थियौं । हामी गाउँमा थियौं र चन्द्रबहादुरको दम्पतीको कष्ट देख्यौं र हामिले घर बनाइदिने निर्णय गरेर घर बनाइदिएका हौं । यो घर २ कोठाको छ , बलियो छ । हामिले बाहिर भित्र दुबैपट्टिबाट सिमेन्टेड गरेर बनाइदिएका छौँ । हाम्रो पार्टीले अहिलेपनी बेलाबेला उहाँहरुलाई सहयोग गर्ने गरेका छौँ । हामी अहिलेपनी क्रान्तिमा छौँ । मान्छेले भन्छन अझै क्रान्ती किन? तर तपाइँहरुले देख्नुभयो नि समाजको वास्तविक धरातल के छ ? अहिलेपनी नागरिकले खाना , लाउन , बस्ने बास पाएका छैनन् । अहिलेपनी निमुखाहरुले राज्यको महसुस गर्न पाएका छैनन् । कहाँ छ राज्य? कहाँ छ शासन ? कहाँ छ संविधान? त्यसैले हाम्रो कुरा त नेपालमा रुपान्तरणको प्रक्रिया पूरा भएको छैन् , जसलाई पूरा गर्न अर्को क्रान्तिको अनिवार्यताको आव्हान हो । गरिब गरिब नै छन् , धनी दिनानुदिन धनि बन्दै गएका छन् । भयो त समानता? ,’नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीले भने ।

वास्तवमा मुलुक ठूलो राजनीतिक उथलपुथल र क्रान्तीपछि संघीय लोकतान्त्रिक गणतन्त्रको शासनमा अवतरण गरेको छ । तर मुलुकको लामो उथलपुथलले चन्द्र बहादुर सुनार दम्पतीलाई राज्य भएको महसुस कहिल्यै बनाउन सकेन् ।

मुलुक संघीय शासनमा छ । गाउँगाउँमा सिंहदरबार नाराको व्यापार चलेकै छ । चन्द्रबहादुर दम्पतीले एक मुठी सास जोगाएर राखेकै छन् ।

सुनार दम्पतीलाई लत्ताकपडा र खाद्यान्न वितरण:
बेसहारा सुनार दम्पतीलाई शुक्रबार लत्ताकपडा र खाद्यान्न वितरण गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीले आफ्ना दिवंगत बुवा बल बहादुर सीको स्मृतिमा लत्ताकपडा र खाद्यान्न वितरण गरेका हुन् ।

नेता जनक सी सहित उनका परिवारले पार्टीका नेताकार्यकर्ताहरुको उपस्थितिमा बेसहारा सुनार दम्पतीलाई ५ हजार रुपैयाँ बराबरको राहत वितरण गरेको हो ।

नेता जनक सीका आदरणीय बुवा बल बहादुर सीको माघ ७ गते उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दुखद निधन भएको थियो ।

बल बहादुर सीको नेकपाले अवलम्बन गरिरहेको सी संस्कृति अनुसार आज शुक्रबार बेसहारालाई लत्ताकपडा सहित खाद्यान्न राहत वितरण गरिएको हो ।

सी संस्कृति अनुसार मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने नीति रहेको छ । जसमा पहिलो दिन पार्थिव शरीरको अन्त्येष्टि गर्ने , दोस्रो दिन मृतकको स्मृतीमा त्रीरोपण (फल,फुल र जडिबुटी) गर्ने , तेस्रो दिन मृतकको स्मृतिमा गरिब , असहाय , अशक्त , बेसहारालाई लत्ताकपडा , राहत वितरण गर्ने , चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र पाँचौ दिन अथवा अन्तिम दिन मृतकको स्मृतिमा श्रद्धाञ्जली एवम शोक सभाको आयोजना गर्ने नीति रहेको छ ।

खाद्यान्न वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रदिप सी , निर्मल सी , विकाश सी , तिलक सी लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम शान्तिनगर गाउँकमिटीका सेक्रेटरी मनोज सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार