नेपाल व्यावसायिक बाख्रापालक महासंघ दाङको अधिबेशन सम्पन्न,अध्यक्षमा दिपेन्द्र वली

डेली न्युजराप्ती       १९ मंसिर २०७८ १९:२७ मा प्रकाशित     733 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल व्यावसायिक बाख्रापालक महासंघ दाङको प्रथम अधिबेशन सम्पन्न भएको छ।
आइतबार घोराहीको फन पार्कमा सम्पन्न प्रथम अधिबेशनले दिपेन्द्र वलीको अध्यक्षता १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।जसको उपाध्यक्षमा राम बहादुर मल्ल,सचिवमा मोहन कुमार चौधरी,सहसचिवमा निर्मला डिसि र कोषाध्यक्षमा गौरीकला रोका चयन भएका हुन।

महासंघको प्रथम अधिबेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष प्रेम सागर पौडेलले किसानहरुको मुक्तिको लागि लड्ने उद्घोष गरेका हुन।उनले दुनियाभरिका मान्छेहरुलाइ पाल्ने,खुवाउने र बचाउने किसानहरुलाइ राज्यले हेला गर्ने गरेको बताएका थिए। अहिलेको व्यवस्था परिपाटी र संरचनानै सबैखाले समस्याको कारण भएको पौडेलको दाबी थियो। कृषिमा काम गर्ने मान्छेसंग जमिन छैन,जसले केही काम गर्दैन उसको हातमा जमिन छ,पौडेलले भने। राज्यले व्यावसायिक किसानहरुलाइ हलि,गोठालो र खेताला जस्ता शब्द प्रयोग गरि हेयको भावनाले हेर्ने गरेको बताए। किसानहरुले उत्पादन गरेको बस्तुभाउले बजार नपाउने,स्वदेशी उत्पादनको सट्टा बिदेशी उत्पादनलाइ प्रोत्साहित गर्ने,देशमा रोजगारिको सिर्जना गर्नुको साटो ८५ लाख युवाहरुलाइ बिदेश लखेट्ने नीति लिएर राज्यले राष्ट्रिय पुजी र स्वदेशी व्यवसायी,उधोगीहरुलाइ टाट पल्टाएको पौडेलको जिकिर थियो। उनले कृषि क्षेत्रको उन्नतिका लागि राज्यले किसानहरुलाइ जमिन,पुजी,जनशक्ति र प्रबिधिको प्रबन्ध मिलाउनुपर्ने धारणा राखेका थिए।
प्रथम अधिबेशनमा नेपाल व्यावसायिक बाख्रापालक महासंघ दाङ जिल्लाका सदस्य शरद केसि,महासंघ तुलसीपुर उपमहानगरका सचिव कुमार भण्डारी,पशु सेवा कार्यालय तुलसीपुर शखा प्रमुख डा.मनोज वली,भेटिरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङका प्रमुख बेद बहादुर केसि,महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक प्रेम सुबेदी,महासंघका केन्द्रीय बरिस्ठ उपाध्यक्ष कृष्ण प्रसाद भट्टराईले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा धन्यवाद ज्ञापन महासंघका केन्द्रीय समिति सदस्य पबित्रा घर्ती मगरले उपस्थित सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गरेकी हुन।

नरेश श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता महासंघका दाङ जिल्ला अध्यक्ष खुसल घिमिरेले गरेका थिए भने सहजीकरण महासंघका जिल्ला उपाध्यक्ष दिपेन्द्र वलीले गरेका हुन। कार्यक्रममा लुम्बिनी कृषि पशुपंछी तथा सहकारी संस्थाका सदस्य गोपाल खड्का,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वली,सप्तरंगी टेलिभिजनका प्रतिनिधि नारायण नेपाल,राष्ट्रिय समाचार समिति(रासस) प्रतिनिधि रन्जिता शर्मा,गोरक्ष राष्ट्रिय दैनिकका प्रतिनिधि अमरराज,इन्द्रेणी एफएमका प्रतिनिधि छवीको आतिथ्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार