काठमाडौँ । बैंकर्स संघले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने जनाएको छ । बैंकर्स संघको कार्यकारी समितिको बैठकले जेठमा ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । वैशाखमा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारीसकेको र निक्षेपमा उल्लेख्य सुधार नभएकोले जेठमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको संघका एक कार्यकारी सदस्यले बताए । ‘ब्याजदर घटाएपछि निक्षेप खासै बढेको छैन । निक्षेपको ब्याजदर कम गर्दा निक्षेप बाहिरिने जोखिम हुन्छ,’ उनले भने, ‘निक्षेप नबढेको अवस्थामा अहिले ब्याजदर थप घटाउने अवस्था भएन भने बढाउनुपर्ने अवस्था पनि छैन ।’
बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता कमी हुँदै जाँदा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशसम्म पुर्याएको थियो । गत माघमा घटाएर ११ प्रतिशतमा झारेकोमा वैशाखदेखि ९.९९ प्रतिशतमा झारेको छन् । यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.