सिलिन्डर विस्फोट हुदा तिन बालबालिकाको मृत्यु

डेली न्युजराप्ती       २१ चैत्र २०७८ १४:०८ मा प्रकाशित     250 No Comments


सिन्धुपाल्चोक, २१ चैत । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास सिलिण्डर विष्फोट भएर आगलागी हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ स्थित मिनबहादुर तामाङको घरमा ग्यास लिक भएर विष्फोट हुदा आगलागी भएको प्रहरीले बताएको छ ।

आईतवार साँझ भएको उक्त घटनामा परी तामाङका १० वर्षीय छोरा इशाक, मिनबहादुरका भाइ कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङकी अढाइ वर्षीया छोरी दिव्याको घरभित्रै जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार