नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता : तीन बुदे सहमती कार्यान्वयन गर्न नयाँ रणनीति

डेली न्युजराप्ती       २२ भाद्र २०७९ १९:५० मा प्रकाशित     153 No Comments


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारी वार्ता टोली प्रमुख भेटवार्ता बुधबार बिहान भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भएको उक्त भेटवार्तामा तत्कालीन परिस्थितिको बिषयमा गम्भीर छलफल र बिशेष सहमति भएको बुझिएको छ। उक्त भेटवार्तामा गत साउन १६ गते सरकारले नेपाल कम्युनिस्ट पार्टीसंग गरेको ३ बुँदे सहमतिको गम्भीर उलंघन गर्दै नेकपाका महासचिव विप्लव,प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरे पश्चात पैदा भएको नकारात्मक अवस्था , तीन बुंदे सहमति कार्यान्वयन , मुद्दा फिर्ता र बन्दी रिहाईको नयाँ रणनीतिको बिषयमा गम्भीर छलफलसहित बिशेष सहमति भएको बताइएको छ।
नेपाल कम्युनिस्ट पार्टी र सरकारी वार्ता टोली प्रमुख नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भएको उक्त भेटवार्तामा परिवर्तन , शान्ती र बिकास बिरोधितत्वहरुको देश र जनता बिरुद्धको षड्यन्त्रलाई असफल पार्नेलगायत गम्भीर सवालमा मिहिन छलफल हुनुका साथै बिशेष सहमती भएको बताइएको छ।
उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच आगामी दिनमा वार्ता र तीन बुंदे सहमती कार्यान्वयनलाई उच्चता दिदै निष्कर्षमा पुर्याउने सहमती भएको बताइएको छ।

२०७७ फाल्गुन २१ गते तत्कालिन के पी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको थियो । जुन सहमतिमा दुवै पक्ष-नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न , नैपाल कम्युनिष्ट पार्टी आफना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र संपूर्ण मुदाहरु गर्न सहमत भएको थियो ।
नेकपा र सरकारबीच तीन बुंदे सहमति भएपछि देशी- बिदेशी दलाल तत्वहरु उक्त सम्झौता कार्यावन्यन हुन् नदिन कम्मर कसेर लागेका छन । जसको पुष्टि गत साउन १६ गते ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध जारी गरेको पक्राउ पुर्जीले गर्दछ। तर, यी र यस्ता सबै अबरोधहरु छिचोल्दै नेकपा निरन्तर वार्ताको माध्यमवाट तीन बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन गराउन लागि परेको छ ।
तत्कालिन के पी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको १८ महिना नाघी सक्दा समेत नेकपा धैर्यवान हुदै निरन्तर वार्ता र सम्बादमा जुटिरहेको छ उसको यो देश र जनताप्रतिको जिम्मेवारी र ईमान्दारॆतालाई सरकारले कमजोरीको रुपमा बुझ्नु नहुने राजनीतिक विश्लेषकहरु बताउछन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार