नेकपा(माओवादी केन्द्र) को केन्द्रीय समितीमा अटाएनन दाङका कुबेर वली

डेली न्युजराप्ती       १९ पुष २०७८ ०८:३३ मा प्रकाशित     415 No Comments


तुलसीपुर,पौष १९। नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय समितीको घोषणा गरेको छ।
विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य चुनिनुपर्ने हो । तर प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन बाट केन्द्रीय सदस्यमा दाङका कृष्णबहादुर महरा, रेखा शर्मा, जगप्रसाद शर्मा, जीवन गौतम, निर्मल आचार्य , हेमराज शर्मा, नारायणी शर्मा , दामा शर्मा , इन्द्रजित चौधरी परेका छन। तर माओवादी केन्द्रकोआठौं राष्ट्रिय महाधिवेशनले दाङका पुराना कम्युनिस्ट नेता कुबेर वलीलाइ समेट्न सकेन। तत्कालीन नेकपा (माओवादी) को दाङका जनसरकार प्रमुख समेत भइसकेका वलीले जनयुद्धमा थुप्रै त्याग,तपस्या र बलिदानका यात्राहरुमा आफुलाइ समर्पित गरेका हुन। उनले दंगाली भुमिमा माओवादी पार्टीलाई माओवादीमय बनाउन ठूलो भुमिका खेलेको आम मान्छेको बुझाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार