नेकपा सहित तीन कम्युनिस्ट पार्टीले पोखरा र धनगढीमा बुधवार (आज) भण्डाफोर सभा गर्दै

डेली न्युजराप्ती       ३० कार्तिक २०७९ १०:२७ मा प्रकाशित     205 No Comments

दाङ । नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मीलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले मंसिर ४ गते हुने भनिएको निर्वाचनको औचित्य नभएको भन्दै देशव्यापी विरोध तथा जनपरिचालन कार्यक्रम अनुसार आज पोखरा र धनगढीमा भण्डाफोर सभा गर्ने भएका छन्।अहिलेको चुनाव रास्ट्रघाती र एमसिसि पक्षधरहरुलाई चोख्याउने उद्देश्यले हुन लागेको र यसले मुलुकमा विद्यमान आर्थिक राजनीतिक संकटलाई हल गर्ने भन्दा पनि अझ बढी जटिल बनाउदै लिने भएकोले यस विरुद्ध जनतालाई सुसज्जित गर्न र यो व्यवस्थाका विरुद्ध जनमत सिर्जना गर्नका लागि प्रचारात्मक संघर्स अन्तर्गत भन्डाफोर सभा गर्न लागिएको हो।आज हुने कार्यक्रममा पोखराको अमरसिंह चोकबाट ११स्३० बजे बाट जुलुस र प्रदर्शन सहित पृथ्वीचोकमा कार्यक्रम हुने र भण्डाफोर सभालाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्ड सी, नेकपा अध्यक्ष ऋषि कट्टेल र नेकपा पोलिट व्युरो सदस्य तथा नेतृ शिलु सी ले सम्बोधन गर्ने बताइएको छ भने धनगडीमा हुने कार्यक्रममा दिउँसो १ बजे धनगढी चौराहबाट जुलुस सहित पार्क मोडमा कार्यक्रम गर्ने जानकारी दिइएको छ ।यसैगरी धनगढीमा हुने सभालाई बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती, नेकपा स्थायी कमिटी सदस्य विषम सि, अखिल नेपाल महिला संघ क्रान्तिकारी कि अध्यक्ष बन्धु चन्द र नेकपा केन्द्रिय सदस्य भगत सीले सम्बोधन गर्ने तालिका रहेको कुरा आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार