घोराही । दाङको घोराहीमा जनवादी गायक जीवन शर्मासहितका कालाकार आउँने भएका छन् । राष्ट्रका लागि संगीत अभियात्रा अन्तर्गत जनवादी गायक शर्मासहितका कलाकारहरु घोराही आउने भएका हुन् ।
संगीत अभियात्राको आयोजनामा यही चैत १० गते घोराहीको बहुउद्देश्यीय सभागृहमा हुने जनवादी सांगीतिक प्रस्तुतिका लागि शर्मासहितका १८ जना कलाकार दाङ आउन लागेका हुन् ।
कार्यक्रममा जनवादी गायक जीवन शर्मा, माधव प्रधान, उदय श्रेष्ठ, मणि थापा, कुस्मिता दर्लामी, मोहित श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, प्रगति महरा, केशरी घर्तीमगर, उदय रिजाल, लक्ष्मण पाखीन नारायण शर्मा, कविता पुन, अनु शर्मा र सन्ध्या मगरको सांगीतिक प्रस्तुति रहने भएको छ ।
उक्त कार्यक्रममा प्रवेश निशुल्क रहेको छ भने कार्यक्रममा सहभागिता भइदिन सबैलाई अनुरोध गरिएको आयोजकले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.