आजपनी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना!

डेली न्युजराप्ती       १२ जेष्ठ २०८० ०९:५९ मा प्रकाशित     239 No Comments

काठमाण्डौ । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एकदुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो भने गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी परेको थियो ।

गण्डकी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । अन्य प्रदेशमा भने अहिले बिहानको मौसम आंशिकदेखि समान्य बदली छ । पानी परेको छैन । धेरैजसो ठाउँमा घाम लागेको छ । तर, दिउँसोको समयमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले दिउँसो पानी पर्ने मौसमविद्ले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार