कृष्णसेन इच्छुकलाई सम्झिदै नेकपाद्वारा कपिलवस्तुको जनस्वास्थ्य केन्द्रमा श्रमदान

डेली न्युजराप्ती       १३ जेष्ठ २०८० ११:५४ मा प्रकाशित     396 No Comments

कपिलवस्तु / जनपक्षीय पत्रकारिता आन्दोलनका एकजना प्रखर व्यक्तित्व , साहित्यकार, कवि तथा श्रस्टा कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवस श्रम गर्दै मनाइएको छ।नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुको शिवगढीमा निर्माणाधिन जनस्वास्थ्य केन्द्रको घेरा पर्खाल निर्माण गर्दै इच्छुक स्मृति दिवस मनाइएको हो।

शनिबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्यहरु बिषम सी, अनिल सी, शिलु सी, भरत सी, शुसिल सी लगाएत केन्द्रिय समितिका सदस्यहरुको सहभागिता रहेको श्रमकार्यको क्रमामा २ सय ४०ओटा पोलहरु गाडिएको थियो।

नेपाल कम्युनिस्ट पार्टीको एकताको बिशेष बैठक सम्पन्न भएपछि गरिएको श्रमकार्य र इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै महासचिव विप्लवले वलिदान,इतिहास ,कार्यभार , सिर्जना र निर्माण सङ्ग सङ्गै गर्न लागेको भन्दै निर्माणाधीन स्वास्थ्य केन्द्र पत्रकार सेनकै बलिदानको प्रतिक भएको बताए।

जनयुद्धको क्रममा तत्कालीन सरकारले जनादेश साप्ताहिकका सम्पादक सेनलाई गिरफ्तार गरि वेपत्ता पारेको थियो भने उनको स्मृतिमा देशैभर विभिन्न रचनात्मक क्रियाकलाप गरि स्मृति दिवस मनाउने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार