भारत र पाकिस्तानसंग भिड्न नेपालको टिम कस्तो बन्यो? सन्दिप र दिपेन्द्र नखेल्ने!

डेली न्युजराप्ती       २३ असार २०८० ०७:१५ मा प्रकाशित     251 No Comments

काठ्माण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले इमर्जिङ एसिया कपका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । जिम्बाबेमा भएको आईसीसी विश्वकप एक दिवसीय क्रिकेट छनोट खेलेर फर्किए लगत्तै श्रीलंकामा आयोजना हुन लागेको इमर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा गरेको हो ।

नेपाली टिमका सिनियर खेलाडीलाई विश्राम दिइएको छ । जिम्बाबे गएको नेपाली टिमका सदस्यहरु ज्ञानेन्द्र मल्ल, करण केसी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी टिममा परेका छैनन् । सन्दीप र दिपेन्द्र ग्लोबल टी २० खेल्न जाने भएकाले टिममा समावेश गरिएको छैन ।

मुख्य प्रशिक्षक मोन्टी देशाइले घोषणा गरेको १६ सदस्यीय टोलीमा देव खनाल, सन्दीप जोरा, सूर्य तामाङ, श्याम ढकालले कमब्याक गरेका छन् ।

नेपाली टिम यस प्रकार छ ।रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ,

सन्दीप र दीपेन्द्रले इमर्जिङ कप नखेल्ने
५० ओभरको ढाँचामा खेलिने इमर्जिङ एसिया कप जुलाई १३ बाट सुरु हुनेछ। श्रीलंकाको घरेलु मैदानमा हुने प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल खेल २३ जुलाईमा हुनेछ । प्रतियोगितामा भारत–ए, पाकिस्तान–ए, नेपाल, युएई श्रीलंका–ए, बंगलादेश–ए, अफगानिस्तान–ए र ओमान–का टोली सहभागी हुनेछन् ।

८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा श्रीलंका–ए, बंगलादेश–ए, अफगानिस्तान–ए र ओमान–ए रहेका छन् । समूह ‘बी’ मा भारत–ए, पाकिस्तान–ए, नेपाल र युएई–ए टोली परेका छन् । प्रतियोगिताको पहिलो खेल जुलाई १३ मा श्रीलंका–ए र बंगलादेश–एबीच हुनेछ । नेपालले पहिलो खेलमा जुलाई १४ मा पाकिस्तान –ए सँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । नेपालले १७ जुलाईमा भारत –ए सँग खेल्ने छ भने १९ जुलाईमा युएईसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार