रोल्पामा जंगली च्याउ खाँदा ६ वर्षिय बालकको मृत्यु

डेली न्युजराप्ती       २९ असार २०८० १८:२४ मा प्रकाशित     219 No Comments

रोल्पा । रोल्पामा जंगली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ ।

रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं. ५ बुझिङका ६ वर्षिय बालक प्रेम गुरुङको आज बिहान ७ बजे मृत्यु भएको हो ।
असार २६ गते बुझिङ कालोपहर बस्ने दुर्गे गुरुङको श्रीमती ३३ बर्षकी भिमा गुरुङ, ११ वर्षका सुशिल गुरुङ र बर्ष ६ को प्रेम गुरुङले च्याउ खाई बिरामी परेको प्रहरी चौकी किलाचौरले जानकारी दिएको छ ।

उनीहरुलाई उपचारको लागि २७ गते लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । च्याउ खाँदा विरामी भएका भिमा गुरुङ र सुशिल गुरुङ अहिले बोल्न नसक्ने अवस्थामा रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।उनिहरुले कुन प्रजातिको च्याउ खाएका हुने भन्ने बारेमा अहिले सम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय रोल्पाका प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिनुभएको छ ।
श्रीमान रोजगारको शिलशिलामा कतारमा रहेको र घरमा ३ जना मात्र रहेको प्रहरीको भनाई छ । माईतको बुवा आईते बुढा मगरले उपचारका लागि अस्पताल पुर्याउँनु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार