११ वर्षीय बालिका र ७३ वर्षीय वृद्धामाथी बलात्कार गर्ने दोषीलाई कडा कारवाही गर: अनेमसंघ क्रान्तिकारी

डेली न्युजराप्ती       ७ श्रावण २०८० ०९:५३ मा प्रकाशित     530 No Comments

हेमन्त प्रकाश ओली ।
साउन ७ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट महिला संगठन अनेमसंघ क्रान्तिकारीले तुलसीपुरमा भएका बलात्कार घटनाका दोषीलाई कारवाहीको माग गरेको छ ।

आइतबार अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पश्चिम दाङकी इन्चार्ज रेखा सी र अध्यक्ष कमला सीले प्रेस बिज्ञप्ति जारी गर्दै जघन्य अपराधका दोषीलाई कडा कारवाहीको माग गरेका हुन् ।

संगठनकि इन्चार्ज र अध्यक्षको संयुक्त हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ – ‘साउन २ गते तुलसीपुर उपमहानगरपालिका -११ बाघखोली बस्ने ११ बर्षिय बालिका घरमा अभिभावक नभएको अवस्थामा बलात्कृत भएको घटना र साउन ४ गते तुलसीपुर-५ स्थित बसपार्कमा खाना खुवाउन लैजाने भन्दै ७३ बर्षिय वृद्धामाथी बसभित्रै सामुहिक बलात्कार भएको जघन्य अपराधप्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

यस्तै बिज्ञप्तिमा उक्त जघन्य अपराधमा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ भने राज्यलाइ पटकपटक महिलामाथी भइरहेका निर्मम अपराधिक घटनाप्रती गम्भीर बन्न र महिलामाथी हुने बलात्कार , हिंसा , लैंगिक विभेद लगाएतका अनेकौं हिंसा विरुद्ध कडा भन्दा कडा कानुन बनाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न , महिलाहरुलाइ सबै क्षेत्रमा समान अधिकारसहित समान प्रतिनिधित्वको सुनिश्चितता गर्न तथा समाजमा महिलाहरुमाथी घटिरहेका अपराध न्यूनीकरणका लागि बिधालय स्तरबाटै छात्राहरुको लागि प्रतिरक्षा तालिमको व्यवस्था गर्न जोडदार माग गरिएको छ ।

यता पछिल्लो समय दाङ लगाएत देशैभरी बलात्कारजन्य जघन्य अपराधका घटनाहरु दिनानुदिन बढिरहेका छन् । समाजमा महिलामाथि हुने हिंसाका घटनाले सिमा नाघेको छ ।

यस्तो छ अनेमसंघ क्रान्तिकारीको प्रेस बिज्ञप्ती:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार