दाङमा भोलि एमसिसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न  विषयक अन्तरक्रिया हुँदै

डेली न्युजराप्ती       १७ आश्विन २०८० १२:४१ मा प्रकाशित     284 No Comments

असोज १७ , दाङ । दाङमा भोलि १८ गते घोराहीमा एमसिसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न  विषयक अन्तरक्रिया हुने भएको छ ।

विप्लव सी नेतृत्वको नेकपा दाङ जिल्ला समितिको आयोजनामा दिउँसो १२ बजेदेखी दाङ जिल्ला उधोग बाणिज्य संघको सभाहलमा कार्यक्रम हुने नेकपाले जानकारी दिएको छ ।

अन्तरक्रिया कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्य सन्देश सी , पार्टीका केन्द्रिय सदस्यहरु , केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु तथा दाङबासी उधोगी , ब्यापारी , बुद्दिजिवी , बामपंथी ,बिश्लेसक , युवा बिद्यार्थीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागीता लागि नेकपाले दाङ जिल्लाबासी आम जनसमुदायलाई हार्दिक अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार