दाङमा दुई किलो सुनसहित एकजना पक्रा!

डेली न्युजराप्ती       १० असार २०८० १८:३४ मा प्रकाशित     212 No Comments

दाङ, १० असार । दाङमा झन्डै दुई किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका १० निवासी २१ वर्षीय हुमानन्द गिरी रहेको सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभएको छ । विशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको उहाले बताउनुभएको छ ।

उहाका अनुसार जाँचका क्रममा गिरीले चलाएको बा१२च ३८२० नम्बरको कारबाट दुई वटा सुनको इँटा फेला परेको हो । सुनमा स्वीट्जरल्याण्ड, एक किलो फाइन गोल्ड लेखिएको छभने कारमा फल्स बटम बनाइ सुन ल्याइएको पाइएको थापाले बताउनुभएको छ । उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार