दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाकाे १२ औं कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाकाे ३२ औं स्थापना दिवस तथा पद हस्तान्तरणका अवसरमा बिहीबार दाङको घाेराहीमा आयाेजित कार्यक्रममा जिल्ला अध्यक्ष दुर्गालाल केसीले नवनिर्वाचित अध्यक्ष सन्ताेष सुवेदीसहित कार्य समितिलाई माईन्युट प्रदान गरेर पद हस्तान्तरण गरेका हुन् । महासंघकाे जिल्ला कार्यसमितिका लागि मंसिर २६ गते सर्वसम्मत नेतृत्व चयन गरिएको थियाे । पद हस्तान्तरण गर्नुअघि नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराएका थिए । साे अवसरमा, जिल्ला कमिटीमा सन्ताेष सुवेदीको नेतृत्वमा १८ सदस्यीय र प्रदेश कमिटीमा शुक्रऋषि चाैलागाईकाे नेतृत्वमा २१ सदस्यीय कार्यसमितिले पद तथा गाेपनीयता ग्रहण गरेका थिए ।
महासंघका जिल्ला अध्यक्ष दुर्गालाल केसीकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमकाे प्रमुख आतिथ्यमा कार्यक्रम गरि शाखाकाे ३२ औं स्थापना दिवस मनाईएकाे थियाे । साे अवसरमा, प्रमुख अतिथि जिएमले पत्रकारिता र मिडिया सबलीकरणका लागि सबै मिलेर अघि बढ्न सुझाव दिए । पत्रकारिताकाे साख जाेगाउँदै विश्वसनीयता कायम राख्ने काममा ध्यान दिन आग्रह गरे । उनले पत्रकार सदस्यता शुद्धीकरण अभियानमा धेरै सदस्य छुटेको भन्दै अभियानमा जाेड्ने वातावरण बनाउन पनि नयाँ कार्यसमितिलाई आग्रह गरे ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले हिजाेका दिनमा जिल्लाका पत्रकार महासंघ साहित्यकार, सरहरुकाे नेतृत्वबाट संचालन भएकोमा अहिले दाइ दिदीहरुकाे उपस्थित बढ्नु सकारात्मक कदम रहेकाे बताए । उनले महासंघ र मिडिया सबलीकरणका लागि लेखनी र नेतृत्वकाे पाटाेलाई समानान्तर रुपमा अघि बढाउन पनि सचेत गराए । दाङ शाखाकाे संस्थागत, मानवीय र क्षमता विकासमा अब ध्यान दिनु अहिलेकाे चुनाैति रहेकाे भन्दै संचारका माध्यमलाई संकटबाट माथि उठाउन आग्रह गरे ।
साे अवसरमा, महासंघका नवनिर्वाचित केन्द्रीय सचिव सविन प्रियासन, प्रदेश अध्यक्ष शुक्रऋषि चाैलागाई, केन्द्रीय सदस्य लीला शाह, पत्रकार महासंघका सल्लाहकार सुदीप गाैतम, लक्ष्मी आचार्य, पूर्व अध्यक्ष केबी मसाल, प्रेस चाैतारी नेपालका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, नेपाल प्रेस युनियनकी उपमहासचिव सुलाेचना गाैतम, प्रेस चाैतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, मेट्राे कलेज तुलसीपुर प्रमुख बसन्त आचार्य, प्रेस संगठन दाङका कार्यवाहक अध्यक्ष अनिता पाेख्रेल,अकाेराबका लेखा समिति संयाेजक संगीत बस्याल, क्रान्तिकारी पत्रकार महासंघका सुशीला आचार्य, प्रगतिशील पत्रकार संगठन दाङका अध्यक्ष महेश रिजाल, जनपत्रकार संगठन दाङका अध्यक्ष हेमन्त प्रकाश वली, समाजवादी प्रेस संगठन दाङका अध्यक्ष सूर्य बिसीलगायत बाेलेका थिए ।
कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष हुनुभएका दुर्गालाल केसीले ३ वर्ष ८ महिनाकाे आफ्नाे नेतृत्वको कार्यकालमा नेपालमा पहिलाे पटक मिडिया महाेत्सव गरेकाे, मिडिया मन्थन गरेर समस्या, चुनाैति र अवसर बारे बृहत् छलफल भएको जानकारी गराए । उनले मिडियाको बारेमा नागरिकलाई बुझाउन मिडिया साक्षरता अभियान चलाउने काम गरेकाे भन्दै समाजमा यसले सकारात्मक प्रभाव पारेकाे बताए । उनका अनुसार, पत्रकार महासंघ दाङले काेभिडले प्रभाव पारेकाे बेला आईसाेेलेसन कक्ष तयार पारेको पत्रकार सहायता काेष निर्माण गरेकाे, २७ वटा अक्षयकोषमा २२ लाख ६२ हजार ३ सय ८८ रुपैयाँ र पत्रकार सहायता काेष १० लाख ५० हजार गरि अक्षय काेषमा ३३ लाख १२ हजार ३ सय ८८ रुपैयाँ रहेको, मिडिया रिसर्च सेन्टर स्थापना भएको, मिडिया लाईब्रेरी स्थापना भएको, पत्रकार महासंघकाे वेभसाईट बनाएकाे, पत्रकारिता क्षमता विकासका थुप्रै कार्यक्रम गरेको, पत्रकार शुद्धीकरण अभियान गरेको छ ।
उनले नयाँ कार्यसमितिलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जाेड दिए । संस्थागत विकास र पत्रकारिताकाे मूल्य मान्यता, गरिमा माथि उठाउन सबैले आ-आफ्नाे ठाउँबाट भुमिका खेल्न आग्रह गरे । कार्यक्रमकाे सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.