बर्दिया । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय उत्पादन टिमले जिल्लाको राजापुरमा लगाएको धानखेतीबाट करिब ३०० क्विइन्टल बढी धान भित्र्याएको छ ।
नेकपाको केन्द्रीय उत्पादन टिमले गत असारमा करिब १० विगाह जग्गामा धान रोपेको थियो । नेकपाले २ विगाह जग्गामा तरिकारी खेती गरेको थियो । नेकपाका केन्द्रीय उत्पादन टिमका राजापुर प्रमुख नेकपाका पिविएम आधार सीको नेतृत्वमा कृषि उत्पादनको लागि दशरथचन्द माविको १२ विगाह जग्गा लिजमा लिएको थियो ।
१२ विगाह लिजमा लिएको जग्गा मध्य १० विगाहमा धानखेती गरेको र २ विगाहमा तरकारी खेती गरेको उत्पादन टिमले जनाएको छ ।
नेकपाले पार्टी तथा नेता,कार्यकर्ता आमनिर्भरको नीति अनुसार धान उत्पादन गरेको पिविएम आधारले जानकारी दिएका छन । धान केही दिन अघि काटेर भित्र्याएपनि बोरामा प्याकिङ्ग गर्ने र गणना गर्ने कार्य नसकिएकाले आईतवार मात्र सबैकाम सकिएको नेकपा बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले जानकारी दिएका छन ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.