८ संयुक्त बिद्यार्थी संगठनद्वारा केएमसीमा तालाबन्दी

डेली न्युजराप्ती       ९ माघ २०७८ १९:५४ मा प्रकाशित     364 No Comments


९ माघ काठमाडौ । संयुक्त ८ विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेजमा ताला लगाएका छन् ।आइतबार ८ विद्यार्थी संगठनले विद्यार्थीबाट अतिरिक्त शुल्क असुलेको आरोप लगाउँदै काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका हुन।
काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गर्नेमा नेपाल विद्यार्थी संघ, माके निकट अखिल (क्रान्तिकारी), एकीकृत समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, नेत्रविक्रम चन्द र मोहन वैद्य निकट अखिल( क्रान्तिकारी) अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियन (नेकपा) रहेका छन।

अतिरक्त शुल्कको विरोधमा मंसिर १९ गतेदेखि विद्यार्थीहरूले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरमा आन्दोलन गर्दै आएका छन् ।
यसअघि संयुक्त बिद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेजका डा. सुनिल शर्मालाई कालोमोसो दलेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार