प्रकाश डुम्रे
थबाङ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी दिएका छन् । शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले राजतन्त्रसहितका कतिपय षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी दिएका हुन् ।महासचिव विप्लवले चुनबाङ बैठकको मर्म प्रचण्ड लगायतका नेताहरू नबुझेको समेत बताए ।
विप्लवले भने चुनबाङ बैठकपछि काठमाडौँ उत्रेका हौं । तर परिस्थिति उल्टो बन्यो । कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो । विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेका उद्घोष गरे ।विप्लवले जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौंमा पनि स्थापित गर्ने उदेश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको विप्लवको तर्क थियोे ।
ईमानदार माओवादीहरुले जनता,सहिद र घाइते बिर्सनु हुदैन भन्ने हाम्रो जोड थियोे । कतिपयले मन्त्री,सांसद र सम्पत्ति थुपारेपछी जनता भुलेको दाबी गरेका छन् ।विप्लवले भने- हामी ज्युदैं छौं भन्न रोल्पा आएका हौँ । कतिपयले माओवादी जनयुद्धलाई अपराधीकरण गराउने खोजेको भन्दै यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।पछिल्लो समय देशमा केही लुटेराहरु सल्बलाएका छन् । यो एकैछिनको नाटक हो । यो षड्यन्त्रको जमेर प्रतिबाद गरिन्छ विप्लवले भने । थबाङबाट विप्लवले चेतावनी दिदै भने जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदैछ् छ , षड्यन्त्रका सपना नदेखे हुन्छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.