युवा संगठन नेपाल नारायणी ब्युरो इन्चार्ज विबेक सीका हजुरबुवाको निधनप्रती संगठनद्वारा शोक व्यक्त

डेली न्युजराप्ती       १५ मंसिर २०८० १९:१३ मा प्रकाशित     620 No Comments

हेमन्त प्रकाश ओली ।

मंसिर १५ , दाङ । नेकपाको सहायक संगठन युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा पुर्ब/ पश्चिम नारायनी ब्युरो इन्चार्ज बिबेक सीका  हजुर बुवा (बाजे) मुने कामीको असमायिक निधन भएको छ ।

आठबिसकोट नगरपालिका ११ चिसापानी, पश्चिम रुकुम बस्दै आउनुभएका ६२ वर्षीय मुने कामी लामोसमयदेखी दिर्घ रोगबाट पिडित हुनुका साथै केही दिन अघि गएको बिनासकारी भुकुम्पको प्रभाव र अत्याधिक चिसोका कारण मंसिर १४ गते असमायिक निधन हुन पुगेको युवा संगठन नेपालद्वारा जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ ।

युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका अध्यक्ष पाटन जंगली सीद्वारा जारी शोक वक्तव्यमा संगठनका केन्द्रीय नेता विबेक सीका हजुरबुवा मुने कामीको दुखद निधनले पार्टीपंक्ती , सिंगो समाज र घरपरिवार तथा इस्टमित्रहरुमा अपुरनिय क्षती भएको बताइएको छ साथै संगठनले दुखको घडिमा मृतक हजुरबुवा मुने कामीप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गरेको छ ।

शोक वक्तव्यको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार