असार ४ , दाङ । दाङको तुलसीपुरमा स्कुल बसको ठक्करबाट तीन जना घाइते भएका छन् ।
तुलसीपुर स्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलको ना अ प ब ४९३ नम्बरको बस स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक तुलसीपुर ३ का ४७ बर्षीय प्रेम चन्द, उनका १४ बर्षीय छोरा साजन चन्द र बस चालक तुलसीपुर ७ निवासी ५६ बर्षीय नन्द बहादुर पुन घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मंगलबार विहान विहान ६ बजेतिर बिद्यार्थी लिन जादै गरेको समयमा सुनिल स्टेशनरी चोकमा रा ६ प ८८८७ नम्बरको स्कुटरलाइ ठक्कर दिएको थियो ।
घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.