तुलसीपुरमा विप्लव नेकपाले आज दुई बिघामा धान रोपाइँ गर्ने

डेली न्युजराप्ती       ४ श्रावण २०८१ ०७:११ मा प्रकाशित     212 No Comments

साउन ३ , तुलसीपुर ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले आज धान रोपाइँ गर्ने जानकारी दिएको छ ।
नेकपा दाङका सचिव तिलक सीले उक्त जानकारी दिनुभएको हो ।

पार्टीको सामुहिक उत्पादन अन्तर्गत तुलसीपुर-१६ कनज्वारमा रहेको करिव अढाई बिघा क्षेत्रफलको जमिनमा धान रोपाइँ गर्न लागिएको पार्टीका जिल्ला सचिव तिलक सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभएको हो ।

नेकपाका जिल्ला सचिव तिलक सीका अनुसार पार्टीको आत्मनिर्भर उत्पादन नितिलाई व्यवहारमा कार्यान्वयन गर्न जिल्लामा उत्पादन बोर्ड नै बनाएर कृषी उत्पादनको कार्यलाई व्यवस्थित गरिएको बताउनुभएको छ ।

नेकपाले यस वर्ष दाङमा करिव १६ बिघा क्षेत्रफलमा धान खेती गरिरहेको जनाएको छ।

लमही , घोराही र तुलसीपुरका बाँझो जमिन भाडामा लिएर नेताकार्यकर्ताहरुको सामुहिक श्रमबाट खेती गरिरहेको समेत जनाइएको छ ।

नेकपाले तुलसीपुरमा हुने धान रोपाइँको सम्पुर्ण तयारी पूरा भएको समेत जनाएको छ ।

तुलसीपुरमा हुने धान रोपाइँमा पार्टीका केन्द्रीय समितीका नेताहरुको बिशेष उपस्थितिमा उद्घाटन गरिने समेत जनाइएको छ ।

धान रोपाइँमा पार्टीका सम्पुर्ण तहका नेताकार्यकर्ताहरुलाई उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार