समाजवादको अभियानलाई नागरिक तहसम्म जोड्ने नेकपा घोराहीको निर्णय!

डेली न्युजराप्ती       ३१ श्रावण २०८१ १८:५७ मा प्रकाशित     139 No Comments

३१ श्रावण , घोराही ।
नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर समितिले पार्टीले सञ्चालन गरेको समाजवाद प्राप्तिको अभियानलाई नागरिक तहसम्म जोड्ने निर्णय गरेको छ ।
बिहीवार घोराहीमा बसेको पार्टीको तेस्रो आवधिक योजनाको दोस्रो बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले पार्टीको जिल्ला समितिको बैठकले लिएका ऐतिहासिक एवम दुरगामी महत्वका निर्णयहरु अक्षरंस कार्यान्वयन गर्ने , पालिका धुर्विकरण अभियानलाई बिशेष जोड दिने , कृषि उत्पादन कार्यलाई थप व्यवस्थित गर्ने , समाजवाद र स्वाधीनताको अभियानलाई नागरिक तहसम्म पुर्याउने निर्णय गरेको नेकपा घोराहीका इन्चार्ज विकाश सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभयो ।

बैठकका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले प्रशिक्षण मन्तव्य राख्दै अब यो देशलाई समृद्धिको यात्रामा लैजाने हो भने नेकपाको नीति र नेतृत्वको विकल्प नरहेको जिकिर गर्नुभएको थियो ।

उहाँले भन्नुभयो – ‘नेपालको दलाल पुजीवादी संसदीय सत्ता पुर्ण रुपले असफल भइसक्यो । हामिले भनिरहेका थियौ कि यो सत्ता देश र जनताको जीवन बदल्न सक्दैन , ढिलोचाडो यो कुरा सत्य सावित भइसक्यो । यो सत्ता असफल मात्रै होइन पुरै गन्हायो , यसको दुर्गन्धले नागरिकमा बेचैनी छाएको छ तर निराश हुन जरुरी छैन , हामिले यसको समाधान दिएका छौँ । यो विकृत दलाल पुजीवादको विकल्प नेपाली बिशेषताको समाजवाद हो ।अब सबै समाजवाद प्रप्तिको दिशामा दृढताका साथ अघि बढौँ । समाजवाद नेपाली जनताको चाहना हो त्यसको नेतृत्व अब नेकपाले गर्छ ।’

नेता सविनले नेकपाले सबै इमानदार क्रान्तिकारी , देशभक्त , प्रगतिशील , इमानदार माओवादी धारा , सच्चा लोकतान्त्रिक गणतन्त्रवादीसंग सहकार्य गर्न तयार रहेको समेत बताउनुभएको हो ।

नेकपा घोराहीका सेक्रेटरी महान सीको अध्यक्षता एवम सहजीकरणमा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यता रहेको थियो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ निर्वाचन क्षेत्र नं.२ इन्चार्ज पाटन सी , पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चाकि इन्चार्ज सम्झना सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम दाङ जिल्ला सचीव तिलक सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज विकाश सी तथा जिल्ला पार्टीका सल्लाहकार समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।

बैठकमा उपस्थित उपमहानगर समितिक नेताकार्यकर्ताहरुले आ-आफ्नो कार्यक्षेत्रको राजनीतिक रिपोर्ट पेश गर्नुभएको जनाइएको छ ।

यस्तै बिहिवार नै नेकपा लमही र गढवाको पनि दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।

बैठकले समाजवादी राज्यसत्ताको बिषयमा गाउँगाउमा अभियान चलाउने निर्णय गरेको नेकपाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार