भदौ १०,काठमाडौ। सहिद अजवलाल यादवकी जीवनसाथी पूर्व सांसदसमेत रहेकी कमरेड शिला साेमबार बिहान विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् ।
शिला नेकपा (एमाले)की केन्द्रीय सदस्यसमेत रहेकी थिइन् । साेमबार बिहान नेकपा महासचिव विप्लवले आफ्नाे निवास हरिसिद्धीमा उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
ध्रुवीकरण मन्तव्य राख्दै ‘एमाले पार्टीमा सहिदको अपमान भएपछि राजिनामा दिएर बसेकी थिएँ । अब क्रान्तिकारी पार्टीमा भएपछि मृत्यु पनि सन्ताेषजनक हुनेछ’ भनिन् ।
मन्तव्यकाे क्रममा उनको आँखामा पीडा र गर्वका आँशु छचल्किदा वातावरण भावनामय भएको थियो ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अनिल सी,
केन्द्रीय सदस्य पवन सी, धनुषा जिल्लाका पूर्व सचिव दिनेश सीलगायत नेताहरूको उपस्थिति थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.