‘विप्लव दाई भन्नुहुन्छ कृषि क्रान्ति गर्ने रे , बेरोजगारी हटाउन उधोग खोल्ने रे’

डेली न्युजराप्ती       १७ भाद्र २०८१ ०७:५२ मा प्रकाशित     387 No Comments

हेमन्त प्रकाश वली ।
भदौ १६ , दाङ ।

विप्लव सी नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार घोराहीको बारकुने दहमा संघको दाङ जिल्ला समितिले तिज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

तिज मिलन कार्यक्रममा प्रगतिशील एवम जनवादी गित संगितमा क्रान्तिकारी महिलाहरु झुमेका थिए ।

सोही अवसरमा पार्टीकि केन्द्रीय सदस्य सम्झना सीले रचना गरेको गितले सर्वाधिक चर्चा पायो ।

नेतृ सम्झनाले पार्टीका महासचिव विप्लव तथा समग्र पार्टीको योजनामा समर्पित रचना गरेको गितले दर्शकको ध्यान खिचेको थियो ।

‘विप्लव दाई भन्नुहुन्छ कृषी क्रान्ती गर्ने रे , बेरोजगारी हटाउन उधोग खोल्ने रे’ यो एउटा गितको अंश थियो ।
यसले नेकपाको उत्पादन नितिको योजनालाई जनाएको छ ।

उत्पादन कै कुरा गर्दा नेकपाले देशव्यापी ३०० बिघा भन्दा बढी जमिनमा कृषि उत्पादनको कार्यलाई अगाडी बढाएको छ ।
पार्टीको नीति नै आत्मनिर्भर नेताकार्यकर्ता , आत्मनिर्भर पार्टी र आत्मनिर्भर जनता/देशको योजना रहेको छ ।

पार्टीका नेताकार्यकर्ताहरु आफ्नै उत्पादनमा आत्मनिर्भर नहुदा अन्ततः सत्तामा पुगेपनी दलाल बन्नुपर्ने पार्टीको बुझाई रहेको छ ।

नेकपाले नेताहरु आफ्नै उत्पादनमा स्वाधिन भए मात्र सम्झौताहिन संघर्ष गर्न सकिने बताएको छ भने पार्टीलाई चन्दामुक्त गर्ने उद्धेश्य लिएको छ ।

गीतको अर्को हरफ थियो ‘ सी जातीको निर्माण गर्दै जात विभेद तोड्ने रे , संस्कृति र संस्कारको रक्षा गर्ने रे’!

यसले नेकपाको नयाँ जाती ‘सी’ जातीको निर्माणलाई अभिव्यक्त गरेको छ । नेकपाले पार्टीको नवौं महाधिवेशनबाट सी जातीको गरेको थियो ।

सी जाती मानव जाती समान , कम्युनिस्ट , साम्यजाती भएको निष्कर्ष निकालेको छ ।
पार्टीका अनुसार कम्युनिस्टहरुले मानिसको अन्तर्राष्ट्रिय जाती हुन्छ भनेर गित गाईरहने तर व्यवहारमा निर्माण गर्न नसकिरहेको सन्दर्भमा पार्टीले पहल गरेको स्पष्ट गरेको छ ।

नेकपाले सी जातिको मृत्यु संस्कार , जन्म संस्कार , विवाह संस्कारलाई देशैभरीका नेताकार्यकर्ताले लागू समेत गरिरहेका छन् ।

यसका साथै नेतृ सम्झनाले रचना गरेको गीतमा पार्टीले शंस्लेषण गरेका नयाँ विचार , दर्शनमा नयाँ विकास , दलाल पुजीवादी सत्ताको विकल्पमा नयाँ समाजवादी सत्ताको बिषयमालाई समेट्ने गरि कार्यक्रम प्रस्तुत गरिएको थियो ।

तीज भेटघाट प्रगतिशील तरिकाबाट सम्पन्न भएको थियो।

अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्यहरु एवम जिल्ला समितिका नेतृहरुको बाहुल्य सहभागिता रहेको कार्यक्रममा पार्टीका केन्द्रीय समितिका सदस्यहरु , केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु एवम पार्टीका दाङ जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपाका पिबिएम आदर्श सीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेता आदर्श सीले संस्कार र संस्कृतिहरुलाई समय अनुसार वैज्ञानिक र सरलीकृत गर्दै जानुपर्ने बताएका थिए ।

उनले क्रान्तिकारी पार्टीका नेताकार्यकर्ताहरुले क्रान्तिकारी संस्कृति तथा पार्टीको नयाँ सी संस्कृतिलाई लागू गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार