काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य प्रकाण्ड सीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘हार्ट अट्याक’ हुनससक्ने बताएका छन् । बुधबार जनवर्गीय संगठन, मोर्चा बागमती प्रदेश समन्वय समितिको बैठकमा प्रशिक्षण मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।
बागमती प्रदेशका इन्चार्जसमेत रहेको उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक भएका दिन रविलाई ‘हार्ट अट्याक’ हुनसक्ने विश्लेषण गरेका हुन् । विभिन्न सहकारीबाट रविले रकम अपचलन गरेको भन्दै छानविन समितिले रविलाई दोषी ठहर गर्ने उनको विश्वास थियो ।
रवि अमेरिकी प्रोडक्ट भएको ठोकुवा गर्दै प्रकाण्डले अहिले अमेरिकाले पनि विश्वास गर्न छोडेका कारण उनी समस्यामा परेको बताए । ‘रविलाई नयाँ दलालका रुपमा नेपालमा अमेरिकाले खडा गरेको थियो । तर यो योजना सफल भएन । रविलाई प्रधानमन्त्री बनाएर आफू अनुकुलको काम लगाउन अमेरिकाले तयार पारेको पात्र भएपनि सफल हुन सकेनन् ।’, उनले भने, ‘अहिले उनी अमेरिकी दलालको कित्तामा छैनन् ।’
बैठकले राजनीतिक, संगठन, संघर्षमा शीर्षकमा महत्वपूर्ण निर्णय गरेको छ । प्रकाण्ड आफैले अध्यक्षता गरेको बैठकमा नेकपा पोलिटब्युरो सदस्य माइला सी, सल्लाहकार राजेन्द्र सी लगायत जनवर्गीय संगठनका केन्द्रीय अध्यक्ष, प्रदेश इन्चार्ज तथा संयोजकहरुको सहभागीता रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.