एनपीएल विजेताले १ करोड १० लाख पाउने,चौथो स्थानसम्म रहने टिमले पाउनेछन् पुरस्कार

डेली न्युजराप्ती       ३ पुष २०८१ ०७:५२ मा प्रकाशित     63 No Comments

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्तिमार्फत जारी प्रतियोगितामा प्लेअफमा पुगेका टिमले पाउने पुरस्कारबारे जानकारी गराएको हो ।
यस्तै उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउने भएको छ ।
एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन् । बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायर क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् । यो खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ । पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टोलीसँग भिड्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार