यू-१९ महिला एसिया कप:फाइनल पुग्न बंगलादेशसंग खेल्दै नेपाल,वर्षा बाधक भए सपना चकनाचुर

डेली न्युजराप्ती       ६ पुष २०८१ ०७:४० मा प्रकाशित     302 No Comments

एसिसी यू-१९ महिला एसिया कप क्रिकेटमा शुक्रबार बंगलादेशसँग खेल्दैछ।

मलेसियाको क्वालालम्पुस्थित बायुमान ओभलमा नेपाल र बंगलादेशबीचको खेल बिहान ११:४५ बजे हुनेछ।

पहिलो पटक महिला एसिया कप खेलिरहेको नेपाल समूह उपविजेता बन्दै सुपर फोरमा पुगेको थियो।

सुपर फोरमा श्रीलंकाविरूद्धको  खेल वर्षाका कारण रद्द भएपछि नेपालले आज बंगलादेशसँग सुपर फोरको दोस्रो खेल खेल्न लागेको हो।

नेपाललाई आज बंगलादेशलाई पराजित गर्दै फाइनल पुग्ने अवसर छ। बिहीबार बंगलादेशलाई हराएर भारत फाइनल पुगिसकेको छ।

योसँगै नेपालले सुपर ओभरमा समूह चरणको ३ र श्रीलंकासँगको १ गरी कुल ४ अंक जोडेको छ। ४ अंक नै जोडेको बंगलादेशसँग रनरेटमा पछि पर्दै नेपाल तेस्रो स्थानमा छ।

आजको खेल पनि वर्षाका कारण रद्द भए रनरेटमा अघि रहँदै बंगलादेश फाइनल पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार