दिवंगत बल बहादुर सीको स्मृतिमा त्रीरोपण (फोटोफिचर)

डेली न्युजराप्ती       ८ माघ २०८१ १४:५३ मा प्रकाशित     69 No Comments

माघ ८,दाङ ।
हेमन्तप्रकाश वली ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीका दिवंगत बुवा बल बहादुर सीको स्मृतिमा त्रीरोपण सम्पन्न भएको छ ।
मंगलबार शान्तिनगर-३ भलानेटी स्थित जनता अधारभुत बिधालय परिसरमा त्रीरोपण गरिएको हो ।

नेकपाले अवलम्बन गरिरहेको सी जातीको ‘सी संस्कृति’ अनुसार मृत्यु संस्कारको दोस्रो दिन त्रीरोपण (फल,फुल र जडिबुटी)को बिरुवा रोपण गर्ने नीति अनुसार वृक्षारोपण गरिएको पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य मनोज सीले जानकारी दिए ।

त्रीरोपण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्यहरु प्रदिप सी , पाटन सी , तिलक सी , निर्मल सी लगाएत केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु , पार्टीका नेताकार्यकर्ता एवम दिवंगत बुवा बल बहादुरका सीका परिवार , इस्टमित्र , आफन्तजन , बिधालयका प्रअ ठग प्रसाद पुन सहित बिधालयका शिक्षक-शिक्षिका तथा स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

‘सी संस्कृति’ अनुसार मृत्युु संस्कारलाई परम्परागत ढंगले मनाउँदै बोझिलो र अप्ठ्यारो बनाउन नहुने नेकपाको तर्क रहेको छ ।
पार्टीले पुरानो परम्परागत जातीको विकल्पमा नयाँ कम्युनिस्ट- साम्यवादी जाती ‘सी जाती’को निर्माण गरेको छ । जसको अर्थ सम जाती , समान जाती , साम्य जाती वा कम्युनिस्ट जाती हो ।

सी जातीको ‘सी संस्कृति’ अनुसार मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने नेकपाको निर्णय हो ।
जसमा मृत्यु भएको पहिलो दिन मृतकको पार्थिव शरीरको अन्त्येष्टि गर्ने , दोस्रो दिन मृतकको स्मृतीमा त्रीरोपण (फल , फुल र जडिबुटी) रोपण गर्ने , तेस्रो दिन गरिब , असहाय एवम अशक्तलाई लत्ताकपडा वितरण गर्ने , चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र पाचौं दिन अर्थात अन्तिम दिने शोक शभा एवम श्रद्धाञ्जली गर्ने नीति छ ।

यस्तै मृतक बल बहादुर सीको स्मृतिमा गरिएको त्रीरोपण कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य मनोज सीले गरेका थिए ।

नेकपाका पुराना इमानदार पार्टी सदस्य बल बहादुर सीको माघ ७ गते उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ७४ वर्षको उमेरमा दुखद निधन भएको थियो ।

उहाँको अन्त्येष्टि शान्तिनगर-३ भलानेटी स्थित बस्तीखोला घाटमा कम्युनिस्ट पार्टीको झण्डा ओडाएर गरिएको हो ।

यता नेकपाका स्थायी समिती सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले आज मंगलबार एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै मृतकप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै नेता विषमले शोकसन्तप्त पार्टीपंक्ती एवम परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार