जनयुद्ध सरोकार समितिले राज्यद्वारा ०४८ सालदेखी हालसम्म गरेको क्षतिको विवरण संकलन गर्ने

डेली न्युजराप्ती       २९ माघ २०८१ १८:२८ मा प्रकाशित     100 No Comments

माघ २९,दाङ ।
जनयुद्ध सरोकार समितिको पहिलो बैठक विविध निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
मंगलबार नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुमा बसेको बैठकले राज्यद्वारा ०४८ सालदेखी हालसम्म गरेको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको सरोकार समितिका प्रमुख सन्जिव सीले जानकारी दिए ।

बैठकमा नेकपाका महासचिव विप्लव सीले जनयुद्ध सरोकार समितिको आवश्यकता र यसको कर्तव्य बारे महत्वपूर्ण मन्तव्य व्यक्त गरेका थिए ।

जनयुद्ध सरोकार समितिका प्रमुख सन्जिव सीको अध्यक्षता एवम सहजीकरणमा बसेको बैठकमा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो ।

जनयुद्ध सरोकार समितिको पहिलो बैठकमा नेकपाका पिबिएम बिजय सी , श्रमिक समुदाय विभागका प्रमुख सन्तोषि सीको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार